शिक्षामा बजेट वृद्धि गर्न माग गर्दै विद्यार्थी संगठनले गरे विरोध

१७ जेठ ७७, आइतबार

१८ जेष्ठ, काठमाडौँ ।
आर्थिक वर्ष २०७७–७८ को बजेटमा शिक्षामा कम बजेट विनियोजन गरिएको भन्दै विद्यार्थी संगठनले विरोध गरेका छन् ।

शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउनु पर्ने विद्यार्थी आन्दोलनको माग विपरित मात्रै ११ प्रतिशत बजेट विनियोजन भएको भन्दै उनीहरुले बजेट वृद्धि गर्न माग गरेका छन् । निजी विद्यालयलार्य सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारको जिम्मा दिने योजनाप्रति विद्यार्थी संगठनहरुले गम्भीर आपत्ति जनाउँदै तत्काल सो निर्णय खारेज गर्न माग गरेका छन् ।

सामाजिक उत्तरदायित्वको नाममा गरिएको सो व्यवस्था कुनै पनि हालतमा शैक्षिक सुधारको पाटो हुन नसक्ने उनीहरुको भनाई छ । यसैगरी निजी विद्यालयहरुले जेठ २१ गतेदेखि विद्यार्थी भर्ना गरी पठनपाठन सञ्चालन गर्ने भनेको प्रति पनि आफूहरुको ध्यानाकर्षण भएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल पाँचौँ, राष्ट्रिय विद्यार्थी संघ, राप्रविसंघ, राप्रविसंघ (संयुक्त) र अखिल नेपाल विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति निकालेर विरोध जताएका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top