बाजुरा अस्पतालको आइसोलेसनमा रहेका २ वर्षीय बालकको मृत्यु

१७ जेठ ७७, आइतबार

१८ जेष्ठ, बझाङ ।
बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीय बालकको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए । मृत बालकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो ।

पीसीआर रिपोर्ट आउन बाँकी रहेको जल्ला अस्पतालले जनाएको छ । मृतक बालकको शव व्यवस्थापन परीक्षण रिपोर्ट आएपछि मात्र गरिने अस्पतालले जनाएको छ । बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा बालक आफ्ना बाबुआमासँगै थिए ।

Advertisement

बालकसहित उनका आमाबुवाको स्वाब संकलन गरी धनगढी पठाइएको थियो । अवस्था जटिल भएपछि मार्तडीको जिल्ला अस्पतालको आइसोलेसनमा जेठ १५ गते साँझ राखिएको थियो । बालक पखाला, ज्वरो र स्वास प्रश्वास समस्याबाट ग्रसित रहेका थिए ।

अवस्था निकै चिन्ताजनक रहेको र बचाउन नसकिएको’ उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएर बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । बालकसंँगै उनका बुवा र र आमालाई पनि आइसोलेसनमा राखिएको थियो ।

Advertisement

भारतबाट आउँदै गरेको अवस्थामा बाटोबाटै बिरामी थिए । यसअघि शनिबार राति डडेलधुरामा पनि क्वारेन्टाइनमा एक जना ६ वर्षीय बालकको मृत्यु भएको थियो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top