भारतले नेपाली भूमिमा बनाएको सडकमा यातायात सञ्चालन हुन नदिन सांसदको माग

१७ जेठ ७७, आइतबार

१८ जेष्ठ, काठमाडौं ।
भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर बनाएको सडकमा यातायात सञ्चालनको तयारी गरेको भन्दै सांसदहरूले त्यसलाई रोक्ने पहल थाल्न माग गरेका छन् ।

नेकपाका सांसद विरोध खतिवडाले उक्त क्षेत्र भएर भारतले मानसरोवर जाने गरी यातायात सञ्चालन गर्न लागेको जनाउँदै जसरी पनि रोक्नुपर्ने बताएका हुन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले भने, उक्त क्षेत्र भएर निर्माण गरिएको सडकमा भारतले रुट परमिट दिएर सडक सञ्चालन गर्न लागेको सुन्नमा आएको छ ।

वार्ता र कूटनीतिक कुरा हुँदै गर्छ, सरकारले त्यो सडकमा यातायात सञ्चालनमा रोक लगाउन माग गर्दछु । त्यहाँ सडक यातायात सञ्चालनमा आएमा अन्य भौतिक संरचना निर्माण हुने भएकाले सरकारले समयमै रोक्न पहल गर्नुपर्ने उनको भनाइ थियो ।

Advertisement

नेकपाका सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेर प्रमुख प्रतिपक्ष कांग्रेसले राष्ट्रियताको पक्षमा मुलुक एकजुट रहेको सन्देश दिएको बताएका छन् । नेकपा सांसदहरू बिनाकुमारी श्रेष्ठ, नेकपाकी सचेतक शान्ता चौधरी, सांसद सरिताकुमारी गिरीलगायतले कांग्रेसको निर्णयको स्वागत गरेका छन् ।

गिरीले भारतसँगको सीमामा तारबार लगाउन पनि माग गरिन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top