दरबार हत्याकाण्डको १९ वर्ष पूरा, रहस्य अझै खुलेन

दरबार हत्याकाण्डको १९ वर्ष पूरा, रहस्य अझै खुलेन

१९ जेष्ठ, विराटनगर ।
दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ ।

२०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्ष पूरा भएर १९ वर्ष लागेपनि त्यसको रहस्य अझै खुलेको छैन । सोही घटनामा मारिएका तत्कालीन युवराज दिपेन्द्र शाहलाई दरबार हत्याकाण्डको आरोप लगाइए पनि त्यसलाई धेरैले मान्न तैयार छैनन् ।

हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन । यो १९ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य अझै खुलेको छैन । युवराज दीपेन्द्रलाई अचेत अबस्थामा राजा घोषणा गरिएको थियो । पूर्व राजा ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.