अमेरिकी अश्वेत नागरिक फ्लोइड हत्या प्रकरणमा लिभरपुलका खेलाडीहरूद्वारा विरोध

अमेरिकी अश्वेत नागरिक फ्लोइड हत्या प्रकरणमा लिभरपुलका खेलाडीहरूद्वारा विरोध

२० जेष्ठ, एजेन्सी । अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइड हत्या प्रकरणमा इंग्लिस क्लब लिभरपुलका खेलाडीहरूले विरोध जनाएका छन् ।

लिभरपुलका खेलाडीले हिजो फ्लोयडले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् । एनफिल्डको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर खेलाडीले विरोध जनाएका हुन् ।

यस अघि जर्मन क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले विरोध जनाएका थिए ।

अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो । प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.