चीनलाई साथ दिँदै नेपालले भन्याे-हङकङ चीनको अविभाज्य क्षेत्र हो

२० जेठ ७७, बुधबार

२१ जेठ, काठमाडौं ।

Advertisement

सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहोर्याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ ।

हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा जिज्ञासा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपालको एक चीन नीतिप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै त्यहाँ शान्ति–सुरक्षा र विधिको शासन कायम गर्नु चीनको दायित्व भएको बताए ।

Advertisement

कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने मान्यताप्रति नेपाल अडिग रहेको बताउँदै उनले हङकङमा शान्ति सुव्यवस्था कायम गर्न चीनले गरेका प्रयासप्रति नेपालको समर्थन रहेको स्पष्ट पारे ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top