नेपालमा रहेका भारतीय नागरिकलाई भारत लगिँदै

२२ जेठ ७७, शुक्रबार

२२ जेठ, काठमाडौँ ।
लामो समयदेखिको लकडाउनका कारण नेपालमा रोकिएका भारतीय नागरिकलाई स्वदेश फर्काइएको छ । विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आएर रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा सडक मार्गबाट स्वदेश फिर्ता लगिएको हो ।

लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई दूतावासले भारत लैजाने व्यवस्था मिलाएको हो । दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था गरिएको छ ।

भारत सरकारले यस अघि पनि नेपालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना नागरिकलाई उद्धार गरी प्लेन मार्फत स्वदेश फिर्ता लगेको थियो । नेपाल सरकारले पनि विभिन्न नाका मार्फत भारतमा रहेका नेपालीलाई स्वदेश फकाईरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top