कतारबाट नेपाल फर्कन चाहनेले यसरी भर्नुहोस् फारम

कतारबाट नेपाल फर्कन चाहनेले यसरी भर्नुहोस् फारम

२३ जेष्ठ, दोहा । कोराना भाइरस कोभिड(१९) का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा आइडी रद्द भएर रोजगारी गुमाएर बार्षिक बेतनी बिदा भएको र करार अबदी सकिएर नेपाल फर्कन चाहने नेपालीहरुलाई फाराम भर्न कतार स्थित नेपाली दूताबासले आग्रह गरेको छ ।

दूताबासले दिएको जानकारी अनुसार सुत्केरी र गर्भवती महिला तथा आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्ने, भिजिट वा बिजनेश भिसामा भएकाहरुले नेपाल फर्किन फर्ने भए फाराम नभरी दूताबासले तोकेको सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न अनुरोध गरिएको दूताबासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

कतारबाट नेपाल फर्कनको लागि लाग्ने हवाइ उडान खर्च, होटल क्वारेन्टिन खर्च, यातायात खर्च लगायत सम्पूर्ण खर्च आफै व्यहोनु पार्ने छ भने नेपाल सरकारले नेपाल फर्कनका लागि तय गरेका शर्तहरु सबै पालना गर्नुपर्ने दूताबासले जनाएको छ ।

नेपाल फर्किनु अघि रोजगारदाताबाट नियमानुसार पाउनुपर्ने सेवासुविधा लिईसकेको हुनु पार्ने छ साथै कतारमा कुनै मुद्दा मामिला नभएको हुनुपर्ने दूताबासले जनाएको छ ।

दूताबासले यस अघि समस्यामा परेर नेपाल फर्किन चाहानेहरुका लागि जारी गरेको फाराम मार्फत बिहिबारसम्म ८ हजार ३ सय ५० जनाले फाराम भरिसकेको सचिव भट्टराईले बताए ।

कोरोनाको कारण समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीसँग स्वदेश फर्कनका लागि साथमा कोरोना जाँचको रिपोर्ट हुनेपर्ने प्रावधान भएकाले परदेशमा कोरोना कहाँ जाँच गराउने भन्नेबारे श्रमिकहरुले ब्यापक गुनासो गरेसंगै नेपाल फर्कने नेपालीको कोरोना जाँचको विकल्पबारे नेपाल सरकार र कतार सरकारका विभिन्न निकायबीच समन्वय भइरहेको र पछि जानकारी गराइने दूताबासले जनाएको छ ।

नेपाल जान चाहनेहरुले तलको लिंकमा क्लिक गरी अनलाईन फारम भर्नुसक्नुहुनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdF2JmUKHWtfXonxbamrvbB7eAMb7vNodIgS5SWpkYcBe5Wkg/viewform

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.