×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

काठमाडौंका पसल खुले तर आएनन् उपभोक्ता

२३ जेष्ठ २०७७

२३ जेठ,काठमाडौं ।

मीना श्रेष्ठले दुई महिना घर बसाइपछि आज पसल खोलेकी छिन् । विगत १० वर्षदेखि न्यूरोडमा कपडाको होलसेल पसल सञ्चालन गर्दै आएकी मीनाले दैनिकी सञ्चालन गर्न समस्या भएपछि आज पसल सञ्चालन गरेकी हुन् । पसल खुला भए पनि उपभोक्ता भने एकजना पनि आएका छैनन् ।

Advertisement

कोरोना महामारीकै बीच सञ्चालन गरिएको पसलमा सामग्री खरिद गर्ने एकजना पनि नआउँदा मीना उदास देखिन्छिन् । चौबीसै घण्टा व्यस्त रहने काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोडको सडकमा नगन्य मात्रामा मनिसको आवतजावत रहेको छ । त्यसमाथि कारोनाको डर एकातिर आवश्यकबाहेक अन्य कामकाजका लगि मानिस बाहिर निस्केका छैनन् । ‘मानिसको आवतजावत नै कम भएपछि सामग्री खरिद गर्नका लागि मानिस आउने त कुरै भएन, लकडाउनकै कारण कतिलाई त अहिले दैनिकी चलाउन पनि समस्या भएको छ, खानकै लागि समस्या भएपछि लत्ताकपडा किन्न आउने कुरै भएन, यो समस्या लामो समयसम्म रहने हो भने व्यापार गरी खान ठूलो समस्या हुनेछ’, दुःखी हुँदै मीनाले भनिन् ।

त्यसैगरी नुनदेखि सुनसम्म पाइने काठमाडौँको अर्को प्रमुख केन्द्र मानिने असन बजारको समस्या पनि न्यूरोडको भन्दा कम छैन । यहाँ शृङ्गार सामग्रीका पसलबाहेक, दैनिक उपभोग्य वस्तुसहित अन्य केही पसल खुला रहे पनि आवतजावत कम हुँदा सामग्री खरिद गर्नेको सङ्ख्या छैन ।

असनमा चार वर्षदेखि जुत्ता पसल सञ्चालन गर्दै आएका धादिङ स्थायी घर भएका अर्का व्यापारी श्याम लामाको गुनासो पनि मीनाको जस्तै छ । उनले दुई महिनापछि आज पसल खुला गरेका हुन् तर एकजोर जुत्ता पनि बिक्री भएको छैन । ‘जुत्ता किन्न आउने कुरा के गर्ने पसलमा पनि आँखा लगाउने पनि कोही छैन, यसरी नै समय बित्ने हो भने बाँच्न मुस्किल भइसक्यो’, उनले भने, ‘लकडाउनअघि व्यापार गरेको पैसाले अहिलेसम्म व्यवस्थापन गरियो, अबको दैनिकी कठिन हुने भएको छ, लकडाउनको शुरुवाती समयमा कामपाले केही राहत दिएको थियो अब त राहत दिने पनि छैनन्, दुई छोराछोरीसहित चारजनाको परिवार टिकाउन समस्या भएको छ ।’

दैनिकी सञ्चालन गर्न समस्या भए पनि काठमाडौँका भित्री क्षेत्रमा अत्यावश्यकसहित अन्य केही पसल पनि खोल्न शुरु भएका छन् । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण सरकारले अहिले देश पूरै लकडाउन गरेको छ । दैनिकीलाई सहज बनाउँदै विस्तारै लकडाउन खोल्ने विषयमा सरकारका पदाधिकारीबीच छलफल भइरहेकै समयमा व्यापारीले भने दैनिकी चलाउन समस्या भएको भन्दै केही व्यवसाय सञ्चालन गरेका छन् ।

लकडाउनको मोडालिटी परिवर्तन गरी नागरिकको दैनिकी सहज बनाउने विषयमा सरकार सकारात्मक रहेको भए पनि के कसरी व्यापार व्यवसाय सञ्चालन गर्ने भन्नेबारे यकिन निर्णय आउन बाँकी नै छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रण र रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन पटक पटक गरी आगामी जेठ ३२ गतेसम्मलाई निरन्तरता दिएको छ ।

लामो समयसम्म घरमा थुनिएका नागरिक भाइरस फैलिरहेकै भए पनि जनजीवन सहज बनाउने प्रयास गरिरहेका छन् । बिहीबारदेखि पसलमात्रै होइन केही निजी सवारी साधन पनि सञ्चालन भएकाले सडकमा सवारीको चाप अघिल्ला दिनको तुलनामा बढेको देखिन्छ ।

शर्मिला पाठक/रासस

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top