नेपालमा कोभिड–१९ बाट थप एकजनाको मृत्यु

२३ जेठ ७७, शनिबार

२४ जेष्ठ, काठमााडौँ ।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

Advertisement

डोल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

उनी १२ जनाको समूहमा यहि जेठ १८ गते सुर्खेतबाट डोल्पा पुगेका थिए । होम क्वारेन्टिमा रहेका उनको जेठ २० गते मृत्यु भएको थियो । त्यसको दुई दिनपछि स्वाब संकलन गरिएको थियो ।

Advertisement

अहिलेसम्म कोभिड १९ बाट मृत्यु भएका १२ जना मध्ये १० जनामा कोरोना भाइरसको संक्रमण मृत्यु पछि मात्रै पुष्टि भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top