विराटनगरमा आचार्य श्रीनिवासमाथि गोली प्रहार

२५ चैत ७४, आइतबार
Share this
715shares

विरानगरस्थित जतुवामा आइतबार बिहान गोली चलेको छ। बिहान करिब तीन बजे अज्ञात समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास गम्भीर घाइते भएका छन्।

Advertisement

घाइते भएका श्रीनिवासलाई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ।

श्रीनिवासमाथि तीन राउण्ड गोली प्रहार भएकोमा एउटा गोली उनको छातीमा लागेको प्रहरीले जनाएको छ।

Advertisement

जतुवामा आइतबारदेखि सुरू हुने श्रीमद् भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो।

केही दिनअघि रामनवमीको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाह आचार्य श्रीनिवासलाई भेट्न विराटनगरस्थित राम मन्दिर गएका थिए।

Advertisement

घटनास्थलमा मंगोल नेशनल अर्गनाइजेशनको पर्चा भेटिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top