तालिबान समूहका ११ जना लडाकू मारिए

२५ जेठ, काबुल ।

अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त भिडन्तमा अरु छ जना तालिबानी घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार राति हेल्मान्ड प्रान्तका नाद अलि, वाशिर र सान्गिन जिल्लाका प्रहरी जाँच चौकीमा तालिबानी समूहले आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । प्रहरीले उक्त भिडन्तमा सुरक्षा फौजतर्फ कुनै क्षति नभएको जनाएको छ । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

यसैबीच, जाजी मैदान जिल्लाका बासिन्दाहरुले खोस्ट प्रान्तका सुरक्षा प्रमुख याकुबी जिल्लामा अज्ञात बन्दुकधारीको आक्रमणमा मारिएका बताएका छन् । तर खोस्टका स्थानीय अधिकारीहरूले उक्त घटनाका बारेमा बताउन अस्वीकार गरेका छन् । सुरक्षा स्रोतहरूले सुरक्षा प्रमुखका दुई जना अङ्गरक्षक घाइते भएको बताएका छन् । कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी लिएका छैनन् ।रासस / एएनआई

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top