NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ? बिहिबार अशोज २ , २०८२
अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

सुरक्षा अपनाई लकडाउन खोल्न उद्योगी व्यवसायीहरुको माग

आइतवार जेष्ठ २५ , २०७७
Reading Time: 1 min read
A A
सुरक्षा अपनाई लकडाउन खोल्न उद्योगी व्यवसायीहरुको माग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ जेठ, काठमाडौँ ।
उद्योगी व्यवसायीहरुले लकडाउनको मोडालिटी परिवर्तन गरी स्वास्थ्य सुरक्षा अपनाई सबै क्षेत्रलाई खोल्नुपर्ने बताएका छन् । लामो समय लकडाउन हुँदा श्रमिक र उद्योगी व्यवसायी सबै समस्यामा परेकाले अब उद्योग व्यवसाय खोल्नुको विकल्प नरहेकोमा सबै क्षेत्रका उद्योगी व्यवसायीहरु एक मत देखिएका छन् । उनीहरुले सबैभन्दा पहिला साना तथा मझौला उद्योग र पसल व्यवसायलाई सञ्चालन गर्न सकिने, यातायातका साधनहरुलाई पनि पहिलो प्राथमिकतामा राखेर खोल्नुपर्ने, होटल व्यवसायलाई क्रमश सञ्चालन गर्नुपर्ने गरी चरणवद्ध र योजनावद्ध रुपमा सबै क्षेत्रलाई खोल्नु पर्ने बताएका छन् ।

उद्योगी व्यवसायीहरुले लामो समय लकडाउन भएका कारण हरेक वस्तु तथा सेवा अत्यावश्यक भइसकेकाले तत्काल खोलेर आर्थिक जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिएका हुन् । उत्पादनमुलक उद्योगलाई खोल्ने तर यातायात र पसलहरुलाई नखोल्ने हो भने कुनै अर्थ नहुने भएकाले सबै क्षेत्रलाई प्राथमिकतामा राखेर न्यूनतम स्वास्थ्य सुरक्षाका विधिहरु अपनाई खोल्ने व्यवस्था गर्नुपर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संक्रमित बढेको र नबढेको क्षेत्रलाई छुट्याएर आर्थिक क्रियाकलापलाई सुचारु गर्नुपर्ने बताए । उनले ७५/७६ दिन लकडाउनमा सबैजना बसिसकेको कारण अव कसरी अगाडि जानुपर्छ भन्ने विषयमा सबैजना जानकार रहेको बताए । उनले अवपनि अर्थतन्त्रलाई चलायमान गर्न नसके कोरोनाबाट नभई भोकमरीले ज्यान जानेको संख्या बढ्ने र अर्थतन्त्र ध्वस्त भएर जाने बताए । उनले अत्यावस्यक सामान र पसलहरु सबै खोल्नु पर्ने बताउनुभएको छ । सरकारले उद्योग खोल्न भनेपनि उद्योगले उत्पादन गरेको बस्तु विक्री गर्नको लागि बजार समेत खोल्नुपर्ने बताए । उनले पसलहरु बिहान ११ बजेदेखि साँझ साढे पाँच बजे सम्म खोल्ने व्यवस्था गरेमा सडकमा सवारी साधनको चाप कम हुने बताए ।

LS Auto

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा पहिला साना तथा मझौला व्यवसायहरु सञ्चालनमा आउनुपर्ने बताए । उनले साना तथा मझौला किसिमका उद्योग व्यवसायमा सबैभन्दा बढी रोजगारी रहेकोले त्यस क्षेत्रलाई महत्व दिइ सञ्चालन गर्नुपर्ने बताए ।

होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले होटल क्षेत्रमा ब्याङ्केट बाहेकका सेवा सुचारु गर्न सकिने बताइन । उनले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर होटल तथा रेस्टुरेन्टहरुलाई सञ्चालन गर्न सकिने बताइन् । होटल तथा रेस्टरेन्टहरुलाई कसरी सेवा दिनुपर्छ भन्ने विषयमा होटल संघले गृहकार्य गरी मापदण्ड तयार पारिसकेको बताइन ।

नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाका आधारभुत विधिहरु अपनाइ खोल्नुपर्ने बताए । उनले सरकारलाई आफुहरुले कसरी सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा १६ वटा बुँदामा लिखित सुझाव दिइसकेको बताए । उनले कार्यालय जाँदा खाजा तथा खाना बोकेर जाने, अनलाइनबाट मात्रै कारोबार गर्ने, कुनै पनि वस्तु पन्जा तथा मास्क लगाएर छुने, स्यानिटाइजरको प्रयोग अधिकतम गर्ने, अफिसमा एसि नचलाउने तथा गोदाममा तीन दिन सम्म सामग्री राखेर मात्रै विक्री गर्ने व्यवस्था मिलाउने गरी सञ्चालन गर्न सकिने बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रमा कामगर्ने मजदुरलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामग्री उपलब्ध गराएर यातायात क्षेत्रलाई पहिलो चरणमा खोल्नुपर्ने बताए । अर्थतन्त्रको रक्तसन्चार नै यातायात क्षेत्र भएकोले अग्रपंक्तिमा राखेर यसलाई सुचारु गर्नुपर्ने उनले बताए । तर सरकारले यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई स्वास्थ्य सामग्री उपलब्ध नगराए यातायात सञ्चालन गर्न अनुमति दिए पनि आफुहरुले सञ्चालन गर्न नसक्ने महासचिव सिटौलाले बताए ।यातायात व्यवसायीहरुले अन्य कुनै माग नराखेको तर श्रमिकको सुरक्षामा ध्यान नदिई यातायात सञ्चालन गर्न नसकिने बताए ।

लोकप्रीय

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२

विचार

थप समाचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
अन्तर्राष्ट्रिय

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?
खेलकुद

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
ताजा समाचार

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.