×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

पुँजीबजार लामो समय बन्द गर्न हुँदैनः अर्थमन्त्री

२६ जेष्ठ २०७७

२६ जेष्ठ, काठमाडौँ ।
अर्थमन्त्री युवराज खतिवडाले पुँजीबजार धेरैको आर्थिक उपार्जनसँग जोडिएकाले लामो समय बन्द गर्न नहुने बताएका छन् ।

नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले बजार सञ्चालनका लागि आवश्यक तयारी गर्न धितोपत्र बोर्ड र सरोकारवाला निकायलाई निर्देशनसमेत दिए । सधैं लकडाउन गर्ने भन्ने हुँदैन, अब बजार पनि चलाउनुपर्छ, यसकारण तयार भएर बस्नुस्,’ उनले भने ।

Advertisement
Advertisement

हाल दोस्रो बजार इक्विटी (सेयर) को मात्र बाहुल्य रहेकाले अब नियमित रूपमा ऋणपत्रको पनि कारोबार हुने व्यवस्था गर्न उनले बोर्डलाई निर्देशन दिए । सरकारी ऋणपत्र र कर्पोरेट ऋणपत्रको संख्या धेरै छ,’ उनले भने, भोलिका दिनमा औद्योगिक ऋणपत्र पनि आउलान् । अब ऋणपत्रको बजार पनि नियमित र प्रभावकारी बनाउनुपर्छ ।’

नेपालमा साख मूल्यांकन (क्रेडिट रेटिङ) सुरु भए पनि त्यसप्रति विश्वस्त हुने अवस्था नभएको बताउँदै त्यसलाई थप विश्वसनीय बनाउन बोर्डको भूमिका महत्त्वपूर्ण भएको उनले बताए । पुँजीबजारमा सर्वसाधारणको सहभागितालाई सुनिश्चित हुने खालको वातावरण बनाउन पनि उनले निर्देशन दिए ।

ससानो जोखिम लिन सक्ने र नसक्ने गरी दुई किसिमका लगानीकर्ता हुन्छन्,’ उनले भने, ‘जोखिम लिन सक्नेलाई गुणस्तरीय सेवाको सुनिश्चितता र नसक्नेलाई सामूहिक लगानी कोषमार्फत बजारमा सहभागी बनाउनुपर्छ ।’

नेपाली पुँजीबजारलाई सार्कस्तरीय बनाउन पनि उनले सुझाए । कोभिड–१९ को असरले दक्षिण एसियाली क्षेत्रका अर्थतन्त्र कम मात्र प्रभावित भएकाले कोरोनापछि ती राष्ट्रले छिटो आर्थिक उन्नति गर्ने सम्भावना रहेकाले सार्कस्तरमा पुँजीबजारको पहुँच विस्तार गर्न उनले सुझाएका हुन् ।

कोभिड–१९ को असरले खस्किएको अर्थतन्त्रको आत्मबल बढाउन वित्तीय क्षेत्रका नियामक निकाय मिलेर अघि बढ्नुपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । धितोपत्र बोर्ड, बिमा समिति र राष्ट्र बैंकको भूमिका फरक भए पनि ती क्षेत्र अन्तरसम्बद्ध भएकाले तीनवटै निकायले संयुक्त रूपमा काम गरी अर्थतन्त्रको मनोबल उकास्न सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्य रहेकोतर्फ लक्ष्य गर्दै उनले भने, ‘पुँजीबजारमा वास्तविक क्षेत्रका थप कम्पनी भित्र्याउनु जरुरी छ ।’ पुँजीबजारको विकास र विस्तारका लागि आगामी मौद्रिक नीतिमार्फत आवश्यक नीतिगत व्यवस्था गर्न राष्ट्र बैंक तयार रहेको पनि उनले बताए । ‘के कस्तो व्यवस्था गर्नुपर्ने हो, सबै सरोकारवालाबाट उपयुक्त सुझाव आओस्,’ उनले भने ।

बजारलाई धेरै समय बन्द गर्ने पक्षमा आफूहरू नरहेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको भनाइ छ । बजार बन्दलाई लामो अवधिसम्म जान दिनुहुँदैन भन्नेमा हामी सचेत छौं । सम्बद्ध पक्ष नेप्से, सीडीएससी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकरलगायत लगानीकर्तासँग के कसरी सहज रूपमा कारोबार सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘अवस्था सहज हुनासाथ बजार खुल्छ ।’

तीव्र गतिले कोरोना फैलिरहेकाले यसअघि दुई दिन खुलेको बजार बन्द गर्नुपरेको उनले बताए । ‘कोरोनाको संक्रमण अत्यधिक फैलिन सुरु भएको, जसबाट लगानीकर्ताको बजार पहुँच सहज हुन नसकेको र बहुमत लगानीकर्ता अनलाइन कारोबारमा आबद्ध हुन नसकेकाले सरकारसँगको समन्वयमा पुनस् लकडाउन अवधिभरका लागि दोस्रो बजार कारोबार बन्द गरिएको हो,’ उनले थपे ।

केही वर्षयता बजारमा उल्लेख्य विकास भए पनि त्यो पर्याप्त नरहेको उनको भनाइ छ । बजार नियमन तथा सुपरिवेक्षण प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने, पुँजी बजारमा सूचीकृत कम्पनी तथा लगानी उपकरणमा विविधता ल्याउन संस्थागत सुशासनको पक्षलाई सृदृढ गर्न, वित्तीय साक्षरता अभिवृद्धिका साथै वस्तु विनिमय बजारको प्रभावकारी नियमन गर्नेलगायत चुनौती बोर्डसामु छन्,’ उनले भने, ऋणपत्र र ओटीसी बजारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ ।’

आगामी आर्थिक वर्षमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको बनाउँदै लैजाने सोहीअनुरूपका नीति तथा कार्यक्रम अघि सारिएको उनले बताए ।

Advertisement
Advertisement

०५० जेठ २५ मा पुँजीबजारको नियामक निकायका रूपमा धितोपत्र बोर्डको स्थापना भएको हो । तीन वर्षअघि सरकारले वस्तु विनिमय बजारको पनि नियमन गर्ने अधिकार दिएको हो । तर हालसम्म वस्तुबजार एक्सचेन्ज कम्पनीलाई पनि अनुमति दिन सकेको छैन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top