×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

क्षयरोगको पहिचान र उपचार ‘जिन एक्सपर्ट उपकरण’ बाट गरिने

२५ चैत्र २०७४

नुवाकोट, २५ चैत ः यहाँ वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई उपलब्ध गराएको छ ।

उक्त उपकरण केन्द्रका निवर्तमान निर्देशक डा केदारनरसिंह केसीले जिल्ला अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष पारस अधिकारीलाई शनिबार प्रदान गरे । दुई घण्टामा नै क्षयरोगको पहिचान गर्न सकिने भएकाले नुवाकोटसहित आसपासको जिल्ला रोगको ‘हब’ बन्दै गएकाले छोटो समयमा नियन्त्रण गर्नसक्षम हुने डा केसीले बताए ।

Advertisement
Advertisement

“रोग लागेको जानकारी लिन राजधानी जानुपर्ने बाध्यता भएपछि जिल्लामा नै सेवा शुरु गर्न उपकरण उपलब्ध गराएका हाँै”, उनले भने, “सन् २०३५ सम्म क्षयरोग शुन्यमा ल्याउने सरकारी लक्ष्य पूरा गर्न जिल्ला अस्पतालबाट पहिचान र उपचार पाउने भएपछि सम्भव बनाउन सहयोग पुग्दछ ।”

उनका अनुसार रु ३६ लाख पर्ने उक्त उपकरण क्षयरोगको पहिचान र उपचारका लागि अहिलेसम्मकै अत्याधुनिक प्रविधि मानिएको छ ।
निजी अस्पतालमा क्षयरोगको परीक्षण गराउन रु पाँचदेखि आठ हजारसम्म शुल्क लाग्ने हुँदा त्यो बिरामीको पहुँच बाहिर हुँदा रोग बल्झने गरेकाले अस्पतालबाट सेवा निःशुल्क हुने व्यवस्थापन समितिका अध्यक्ष पारस अधिकारीले बताए ।

उनका अनुसार उपकरणमार्फत जाँच एवं परीक्षणका लागि केन्द्रको सहयोगमा दक्ष जनशक्ति उत्पादन गर्दै सेवा सञ्चालन शुरु भएको छ । जिल्ला अस्पताल त्रिशूलीले नुवाकोट र रसुवासहित धादिङका बिरामीलाई समेत सेवा प्रवाह गर्दै आएको छ ।

केन्द्रकोतर्फबाट क्षयरोग उपचारमा सहयोग पुग्ने उपकरण बेलकोटगढी नगरपालिकामा एक थान माइक्रोस्कोप र जिल्लाको विभिन्न सात स्थानका स्वास्थ्य चौकीका लागि निवुलाइजर उपकरणसमेत प्रदान गरिएको छ ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top