कतारले चार चरणमा प्रतिबन्ध हटाउने, अगष्ट १ देखि कतार जान पाइने

योगेन्द्र योगी
२७ जेठ, दोहा ।
कोरोना भाइरसको जोखिम कम गर्न कतारले विभिन्न क्षेत्रमा लगाउदै आएको प्रतिबन्ध चार चरणमा तीन महिना भित्र क्रमिक रुपमा हटाउने भएको छ ।

बिशेष सावधानी अपनाउदै सेप्टेम्बरसम्म मुलुकलाई सामान्य तर्फ लैजाने विपति ब्यबस्थापन समितिकी प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले पत्रकार सम्मेलन मार्फद जानकारी दिएकी छिन् ।

पहिलो चरणमा जुन १५ देखि केहि मस्जिदहरु, केहि सपिङ्ग सेन्टरहरु केहि पार्कहरु, केही निजी स्वास्थ्य सस्थाहरु लगायत खोलिने छ । २० प्रतिशत कामदारहरूले सबै सावधानीका आवश्यकताहरूका साथ काम शुरू गर्ने छन् ।

Advertisement

कतार बाहिरको यात्रामा अत्यन्त जरुरी भएमा र जो कोही दोहा फर्किएमा उनीहरूले व्यक्तिगत खर्चमा १४ दिनसम्म होटल क्वारेन्टाइनमा बस्नु पर्ने छ ।

दोश्रो चरण जुलाई १ देखि सीमित घण्टाको लागि महलहरू खोलिने छ भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि बजारहरू खुल्दै जाने छन् । कम क्षमताको साथ सिमित रेस्टुरेन्टहरू खोलिने छन् भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि संग्रहालय र पुस्तकालयहरू खोलिने छ ।

Advertisement

तेश्रो चरण अगष्ट १ देखि बिमानस्थल, किनमेल गर्ने सम्पूणर् मार्केटहरु, स्वास्थ्य क्लब, फिटनेस हल, पौंडी पोखरी, सैलुन र मसाज केन्द्रहरू खोलिने छ भने कोराना भाइरस कम भएका देशहरुबाट छुट्टी रहेका कामदारहरु कतार फर्किन पाउने छन् भने आएपछि १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पार्ने छ ।

यी प्रतिबन्ध हटेपनि अनिवार्य रुपमा माक्स लगाउनु पर्ने छ भने सामाजिक दुरी पनि कायम गर्नु पर्ने छ । चौथो चरणमा स्थिति सामान्य बन्दै गएपछि सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाइने प्रवक्ता अल खतेरले बताइन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top