२७ जेठ,काठमाडौं।
साेमबार राती काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । राति ९ बजेर ३६ मिनेट जाँदा मकवानपु केन्द्रबिन्दु भएर भूकम्प गएकाले काठमाडौंमा पनि यसको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार मकवानपुर जिल्लाको साखेल केन्द्रबिन्दु भएर ३ म्याग्नेच्युडको भूकम्प गएको थियो ।