रुपन्देहीको तिलोत्तमामा काेदालाे प्रहार गरी पाँच जनाको हत्या

२७ जेठ,रुपन्देही ।
रुपन्देही तिलोतमा नगरपालिका–१०को मैनाहावा गंगादेवी पशु फर्ममा कार्यारत एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या गरेका छन् ।

Advertisement

फार्ममा शव भेटिएको पुष्टि गर्दै रुपन्देहीका एसपी हेम थापाले कोदालो प्रहार गरेको आशंकामा करीब २० वर्षको युवकलाई प्रहरीले पक्राउ गरेको बताए । मृतक मध्ये चार पुरुष एक महिला छन् । प्रहरीले हत्या घटनाबारे थप अनुसन्धान गरी रहेको बताइएको छ ।

घटना गएरातिको हो । मृतकको विवरण खुलेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top