ईपिजी बैठकमा सहभागी हुन नेपाली टाेली भारत जाँदै

२८ चैत ७४, बुधबार
Share this
757shares

चैत्र २८, २०७४ः नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह ईपिजीको बैठकमा सहभागि हुन नेपाली टोली आज भारतको नयाँ दिल्ली जाँदैछ । भेखबहादुर थापा संयोजकत्वको टोली मध्यान्ह त्यसतर्फ जान लागेको हो ।

Advertisement

भोलि र पर्सी नयाँ दिल्लाीमा हुने ईपिजीको आठौँ बैठकमा हालसम्म भएका दुईपक्षिय सम्झौतालाई अन्तिम रुप दिने तथा प्रतिवेदनमा उल्लेख गरिने बिषयको टुङ्गो लगाउने नेपाली टोलीको तयारी छ ।

ईपिजी प्रतिवेदन लेखनको अन्तिम चरणमा पुगेकाले सम्भवत अर्को पटक बस्ने नवौं बैठकले त्यसलाई टुङ्गयाउने ईपिजीका सदस्य राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीको भारत भ्रमणले दुई मुलुकबीच अझ बलियो विश्वासको वातावरण निर्माण भएकाले प्रतिवेदन तयार गर्न इपिजीलाई थप सहज भएको उनको भनाई छ ।

Advertisement

नेपाल भारतबीचका सबै खाले सन्धि सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित ईपीजीको म्याद आगामी असार २० गते सकिँदैछ । अन्तिम समयसीमा अगावै प्रतिवेदन दुवै मुलुकको सरकारलाई बुझाउने गरी गृहकार्य तीब्र भइरहेको भट्टराईले जानकारी दिए । दुवै मुलुकका प्रधानमन्त्रीले ईपीजीले दिने प्रतिवेदन स्वीकार गर्ने बताएपछि टोलीले मस्यौदालाई अन्तिम रूप दिन लागेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top