Nepal Times
Nepal Times
3
Shares

चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

सुरुङ्गा,झापा, २८ चैत ः वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पु¥याएर घर फर्कने क्रममा नेपाल भारतको सीमानामा चट्याङ लागेको थियो ।

चट्याङ लागेर बेहोस् बनेका उनलाई स्थानीयवासीले बिर्तामोडस्थित अस्पताल पठाए पनि रातिनै उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी प्रमुख नेत्र रानाले जानकारी दिए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.