कालापानी–लिपुलेक विवाद वार्ताबाट मिलाऊः भारतीय राष्ट्रिय कांग्रेस पार्टी

२८ जेठ ७७, बिहीबार

२९ जेष्ठ, एजेन्सी।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीले सरकारसँग कालापानी लिपुलेक क्षेत्रको विवादबारे जवाफ माग गरेको छ ।

Advertisement

साथै नेपालसँगको विवाद वार्ताबाटै सुल्झाउन पनि भनेको छ । संसदीय प्रजातन्त्रको मर्यादा अनुसार यो विवादबारे सबै पार्टीलाई सरकारले जानकारी दिनुपर्ने कांग्रेसले जनाएको छ । कांग्रेसका विदेश विभाग प्रमुखसमेत रहेका राज्यसभा सदस्य आनन्द शर्माले आफ्नो स्टेटमेन्टमा नेपालले नयाँ नक्शा जारी गरेर लिपुलेक र कालापानी दाबी गर्नु राष्ट्रिय चासोको विषय भएको जनाएका छन् ।

भारतले सँधै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखन्डताको सम्मान गरेको पनि उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, “विवाद एक चरणमा पुग्दा यसले मैत्रीपूर्ण सम्बन्धमा प्रभाव पार्नु चिन्ताको विषय हो । यसलाई तुरुन्त सुल्झाउनुपर्छ ।”

Advertisement

दुवै देशले सीमाका ९८ प्रतिशत समस्या समाधान गरेको उनले जनाएका छन् । यो विषय समाधानका लागि पनि कुटनीतिक पहल र वार्ता आवश्यक भएको उनको स्टेटमेन्टमा उल्लेख छ । कांग्रेस वार्ताकै पक्षमा रहेको उनले बताएका छन् । शर्माले भनेका छन्, “कांग्रेसको स्पष्ट दृष्टिकोण छ कि यो विषय सुल्झाउन कुटनीति र वार्तालाई मौका दिनुपर्छ ।”(द हिन्दू)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top