३१ जेष्ठ, विराटनगर ।
कोरोना भाइरसका कारण खराब मुलुक बन्ने प्रतिस्पर्धामा नेपाल थप एक कदम अगाडि पुगेको छ।
नेपालले कोभिड १९ संक्रमितको संख्यामा सेनेगल, उज्बेकिस्तान र ताजकिस्तान लगायतका मुलुकलाई पछि पारेको छ। १६ जनाको संक्रमणबाट मृत्यु भइसकेको नेपालमा शुक्रवारसम्म ५ हजार ६२ कोभिड १९ संक्रमित पुगेका छन्। हिजो एकै दिन नेपालमा ४ सय ४२ जनामा संक्रमण देखिएको हो।
प्रदेश नम्बर २ मा संक्रमण सबैभन्दा तिब्र गतिमा फैलिएको छ भने त्यसको पछिपछि छ प्रदेश नम्बर ५ रहेको छ । त्यसपछि कर्णाली, सुदुर पश्चिम, प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेश छन्। विश्वका खराब मुलुकको सूचीम नेपाल ७५ औं स्थानबाट ७१ औंमा उक्लिएको हो।
नेपालभन्दा अगाडि अब सुडान, फिनल्यान्ड, अस्ट्रेलिया रहेका छन्। सुडानमा संक्रमितको संख्या ६ हजार ८ सय ७९ छ भने फिनल्यान्डमा ७ हजार ७३। अस्ट्रेलियामा संक्रमितको संख्या ७ हजार २ सय ९० रहेको छ।