कर्णालीमा ७० जना कोरोना संक्रमित थपिए

३१ जेठ ७७, शनिबार

३१ जेष्ठ, सिमकोट ।
कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

नयाँ संक्रमतिमध्ये ४० जना सुर्खेतका र ३० जना दैलेखका रहेका छन्। प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

यससँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको संख्या ९ सय १६ पुगेको छ। यस्तै शनिबार नौ जना संक्रमति निको भएर घर फर्किएका छन्। जिल्ला अस्पताल दैलेख र दुल्लु अस्पतालमा उपचार गराइरहेका नौ जना निको भएर घर फर्किएको महाशाखाले जनाएको छ।

Advertisement

कर्णालीमा हालसम्म ९१ जना निको भएर घर फर्किसकेका छन्। कर्णालीमा कोरोनाका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top