३१ जेष्ठ, सिमकोट ।
कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नयाँ संक्रमतिमध्ये ४० जना सुर्खेतका र ३० जना दैलेखका रहेका छन्। प्रदेश अस्पताल सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
यससँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको संख्या ९ सय १६ पुगेको छ। यस्तै शनिबार नौ जना संक्रमति निको भएर घर फर्किएका छन्। जिल्ला अस्पताल दैलेख र दुल्लु अस्पतालमा उपचार गराइरहेका नौ जना निको भएर घर फर्किएको महाशाखाले जनाएको छ।
कर्णालीमा हालसम्म ९१ जना निको भएर घर फर्किसकेका छन्। कर्णालीमा कोरोनाका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ।