×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

योजना आयोगले भन्यो- भ्यु टावर, रंगशाला होइन उत्पादन बढाउ

३१ जेष्ठ २०७७

३१ जेठ, काठमाडौँ ।
राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिव रञ्जन पौड्यालले आसामान्य अवस्थामा स्थानीय सरकारहरुले प्राथमिकताका आधारमा कार्यक्रम तर्जुमा गर्नुपर्ने बताएका छन् । उनले कोभिड १९ पछि मुलुकभरको आर्थिक गतिविधिमा शिथिलता आएसंगै स्थानीय सरकारको बजेटको आकार पनि खुम्चिने भएकाले भ्यु टावर, रंगशाला बनाउने जस्ता योजना भन्दा उत्पादन र रोजगार मुलुक कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

कृषि तथा पशुपालन लगायत उत्पादन क्षेत्रसंग रोजगारीलाई जोडेर बजारीकरण मार्फत राजश्व वृद्धि गर्ने तर्फ स्थानीय सरकारहरु केन्द्रीत हुनुपर्ने उनले उल्लेख गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्रिभुवन विश्वविद्यालय इन्सिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजले शनिबार गरेको कार्यक्रममा उनले स्थानीय संभावना र अवसरलाई अध्ययन गरि उपार्जन गर्न सक्ने कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका हुन । उनले भने “बाटो, पुल थप्ने , भ्यु टावर बनाउने तर्फ नभई उत्पादन कसरी बढाउने ? रोजगारीमा वृद्धि लगायत विषयमा प्राथमिकता दिनुपर्छ । पैसा बाढ्ने पनि होइन । त्यसलाई रोजगारी संगै जोडौ । सरकारी तथा ऐलानी जग्गा भए स्थानीय तहसंग मिलेर सार्वजनिक गर्ने, राजश्व बढाउनका लागि पशुपालन, कृषि, पर्यटन, स्वास्थ्य सेवाको विस्तार जस्ता अवसर र संभावनालाई केलाएर उपार्जन गर्न सक्ने कार्यक्रम अगाडि बढाउनु पर्छ । ”

Advertisement
Advertisement

कार्यक्रममा अर्थमन्त्रालयका सह-सचिव झक्कप्रसाद आचार्यले विगतको जस्तो सामान्य अवस्था नभएकाले खर्चको प्राथमिकता परिर्वतन भएको बताए । उनले संकटमा भएकाले स्थानीय सरकारको प्राथमिकता भ्यू टावर बनाउने, रंगशाला बनाउने भन्दा पनि उत्पादन वृद्धि गरि राजश्व बढाउने र रोजगारी वृद्धि गर्ने तर्फ केन्द्रीत हुनुपर्ने बताए । संघीय सरकारले प्रतिवद्धता जनाएको रकम पनि सामान्य अवस्था नभए उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी स्थानीय सरकारहरु सजग हुँदै काम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने-“खर्चको प्राथमिकता परिर्वतन भएको छ । हिजोको जस्तो नर्मल अवस्थामा छैनौ । अब हामी क्राईसिसमा छौ । क्राईसिमा हुदा के काम गर्ने के काम नगर्ने ? अहिले भ्यू टावर बनाउने, रंगशाला बनाउने भन्ने बेला होइन यो । मैले नबनाउने भनेको होइन । प्राथमिकतामा राख्नु पर्यो । दुई , तिन , चार प्राथमिकतामा राख्नु पर्यो । स्थानीय सरकारहरुको अग्नि परीक्षा छ । ”

उनले वित्तिय अनुशासन कायम नभए विदेशी निकायले पनि ऋण नदिने अवस्था उत्पन्न हुने भएकाले त्यस तर्फ गम्भीर बन्न स्थानीय सरकारका पदाधिकारीलाई सचेत गराए । त्यसैगरी संघीय सरकारको सहलगानी र ससर्त लगानीमा आउन सक्ने समस्या तर्फ पनि समयमै सचेत भई अनिवार्य दायित्व र वित्तिय राजश्वको दायरा विचार गरेर स्वास्थ्य, कृषि , शिक्षा, खानेपानी, रोजगारी श्रृजना संगै चालु कार्यक्रमलाई निरन्तरता दिईनुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा सहभागी स्थानीय सरकारका पदाधिकारीहरुले केन्द्रीय सरकारले आफुहरुको समस्या नबुझेको गुनासो गरे । संकटको समयमा विद्यमान स्रोत साधन र पुर्वाधार नै नहेरी संघीय सरकारबाट आफुखुसी नियम, निर्देशिका र कार्यविधि बनाएर स्थानीय सरकारलाई लागु गर्न निर्देशन दिने गरिएकाले समस्या भएको तर्क उनीहरुले गरे । कार्यक्रममा ललितपुर उपमहानगरपालिकाका उपमेयर गीता सत्यालले सिमित बजेटका कारण संकटको समयमा संघीय सरकारले बनाएका कतिपय कार्यविधिलाई पालना गर्न कठिन हुने गरेको गुनासो गरिन् । लकडाउन संगै राहत वितरण सम्बन्धी संघीय सरकारको कार्यविधिलाई हुबहु पालना गर्न स्थानीय सरकारलाई कठिन भएको गुनासो गरिन ।

महालक्ष्मी नगरपालिकाका उपमेयर निर्मला थापाले संघ र प्रदेश सरकारले स्थानीय सरकारको समस्या नबुझेको टिप्पणी गरिन । उनले भनिन्-“नेपाल सरकारले स्थानीय सरकारसंग सहकार्य नगरीकन आफैले माथिबाट झुण्ठ्याएर राखेको छ । संघ, प्रदेश सरकारले पनि हामीसंग कोअर्डिनेट गर्नुपर्छ । आखिर झेल्नुपर्ने ,स्थानीय तहमा गएर काम गर्नुपर्ने त हामीले हो नि । हामीलाई परेको पीरमर्का केन्द्रीय सरकार, प्रदेश सरकारले बुझेको छैन । कर्मचारीहरुले त झन बुझ्नु नै भएको छैन । ”

Advertisement

स्थानीय सरकारका पदाधिकारी र कर्मचारीलाई कोभिड १९ र त्यसबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने सम्बन्धमा अनलाईन प्रशिक्षण दिईएको हो ।

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top