पर्साका थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

३१ जेठ ७७, आइतबार

३२ जेष्ठ, पर्सा ।
पर्साका थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा १७ जना नै पर्सा जिल्लाका रहेका छन् ।

भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा. उपाध्यायले जनाए । पर्साका १७ जना संक्रमितमध्ये तीन जना महिला र १४ जना पुरूषहरू रहेको डा. उपाध्यायले जानकारी दिए ।

Advertisement

पर्साका संक्रमितहरु २० वर्षदेखि ४५ वर्ष समूहका रहेका छन् । गत जेठ २४ मा उनीहरुको स्वाब संकलन गरिएको थियो ।

पर्साका १७ जना संक्रमितमध्ये पोखरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका १० जना, विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनमा रहेका दुईजना, जिराभवानी गाउँपालिका र धोबनी गाउँपालिकाका एक–एक जना, पर्सागढी नगरपालिकाको एक जना र पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनका २ जना रहेका छन् ।

Advertisement

संक्रमितहरुलाई आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top