मोदीको बुट पोलिस गर्नेहरुलाई सीमानामा पाले राख्नुपर्छः रामनारयण बिडारी

३१ जेठ ७७, आइतबार

३२ जेष्ठ, काठमाडौं ।

राष्ट्रियसभा सदस्यहरुले नेपाली भूमि फिर्ता लिनका लागि बलियो राष्ट्रिय एकताको आवश्यकता औल्याएका छन् ।

आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागि सांसदहरुले भूमि फिर्ता गर्न बलियो राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका हुन् ।

Advertisement

सांसद रामनारायण विडारीले भूमि फिर्ताका लागि पुरा गर्नुपर्ने नेपाल र नेपालीको कर्तव्य भएको बताए । अहिलेको अवशर प्राप्त गर्नका लागि धेरै आन्दोलन गर्नुपरेको स्मरण गर्दै उनले भने, ‘‘लाठी खाइयो, थुनामा परियो, कालापानी क्षेत्र हाम्रो हो भन्दा गोदाइ खाइयो । त्यस्तो हुँदाहुँदै आज हामी यहाँ आइपुग्यौँ ।

यति काम गर्नका लागि हामीलाई गणतन्त्र चाहिने अवस्था परेको रहेछ । गणतन्त्र नआइ यो काम भएन् । जति धाक लाएपनि, जति लिपपोत गरेपनि, जति छोपेपनि गणतन्त्र नआइकन लोकतन्त्र नआइकन हामीले यो काम गर्न सकेनौँ ।’’

Advertisement

अब भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने, भूमिफिर्ता गराउने र त्यहाँ निर्माण भएको बाटो नेपालको स्वीकृति बिना चल्न नदिने कर्तव्य रहेको उनले बताए । भारतबाट पैसा बुझ्नेहरु भूमिफिर्ता ल्याए ओलीको बुट पालिस गर्ने कुरा गरेको भन्दै विडारीले भने ‘‘केही केहीले भूमिफिर्ता लियो भने ओलीको बुट पोलिस गर्छु भने, अहिले मोदीको बुट पोलिस गर्दैछन्, फिर्ता आयो भने ओलीको बुट पोलिस गर्छन् ।

म प्रधानमन्त्रीलाई आग्रह गर्छु भूमिफिर्ता आएपछि त्यस्ता मान्छेलाई बुट पोलिस भन्दापनि सीमानामा पाले बनाएर राख्नुपर्छ ।’’ सांसद बेदुराम भूसालले पञ्चायतकालमा अतिक्रमणमा परेको भूमिफिर्ता ल्याएर त्यसर्लाइ संवैधानिक मान्यता दिन विधेयक आएको बताए ।

विगतबाट नै नेपाली भूमि गुमेको कुरा उठेको उल्लेख गर्दै उनले पटक पटक भारत सरकारले गरेका निर्णहरुको विरोध भएपनि भारतले त्यसको सुनुवाई नगरेको बताए । मातृभूमिको रक्षाका लागि सरकारले गरेको निर्णयको स्वागत गर्दै उनले प्रतिनिधिसभामा भएको एकताका लागि उच्च सम्मान व्यक्त गर्छु भने ।

राष्ट्रियसभाबाट विधेयक पारित गराउनु भूमिको प्रारम्भ विन्दु भएको उनले बताए । नेपालको भूमि नेपालको नियन्त्रणमा लिन सबै राजनीतिकदल र देश एकतावद्ध हुनुपर्ने उनले बताए । सांसद जगप्रसाद शर्माले निशान चिह्नबाट नेपालको चुच्चे नक्सा कसरी हट्यो भन्ने कुराको खोजी हुनुपर्ने बताए ।

गम्भिर विषय निशान चिह्नबाट कसरी हट्यो भन्ने आश्चार्यको विषय बनेकाले पुराना दस्तावेजहरुको आधारमा यसको खोजी हुनुपर्ने उनले बताए । प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि भारतीयहरुले त्यसलाई मान्यता नदिने भनेर दिएको प्रतिक्रिया स्वभाविक भएको उल्लेख गर्दै उनले नक्सामात्रै नभएर भुमिफिर्ताका लागि बलियो राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

सांसद ठगेन्द्र प्रकाश पुरीले विधेयकको सम्बन्ध राष्ट्रियतासँग जोडिएको बताए । राष्ट्रियता देशको माटो र जनताको आत्मा भएकाले यसमाथिको आक्रमण सैह्य नहुने उनले बताए । सांसद जितेन्द्र नारायण देवले नेपालभारत सीमा विवाद शान्तिपूर्ण वार्ताबाट समाधान गर्ने बाटोतिर जानुपर्नेमा त्यसो हुन नसकेको बताए ।

श्रीलंका र बंगलादेश सीमाविवाद वार्ताबाट नै सम्भव भएको उदाहरण दिँदै उनले त्यही बाटोतर्फ जानुपर्नेमा त्यसो हुन नसकेको बताए । सरकारले त्यही तरिकाले जानुपर्ने भएपनि गएन तर नेपालको भूभाग नेपालीहरुले लिएर छाड्नुपर्ने उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top