×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026

गुल्मीमा पिसिआर प्रयोगशाला स्थापना हुने

३२ जेष्ठ २०७७

३२ जेठ, गुल्मी ।

गुल्मीमा कोरोना परीक्षण गर्न पिसिआर ल्याब स्थापना गरिने भएको छ । जिल्लाबाट स्वाब सङ्कलन गरी पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि जिल्लामा सो प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको जनाइएको छ ।

यसैगरी सङ्क्रमितलाई उपचार गर्न ५० श्ययाको आइसोलेशन हाउस पनि स्थापना गरिने भएको छ । शनिबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले प्रयोगशाला र आइसोलेशन सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रयोगशाला तथा आइसोलेशन सञ्चालनका लागि गत हप्ता गणेश श्रीपालीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको थियो । सो कार्यदलले यही जेठ २९ गते प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई प्रतिवेदन बुझाएको थियो ।

कार्यदलको प्रस्तावअनुसार नै महिला विकास कार्यालयमा प्रयोगशाला सञ्चालन गर्ने र त्यसको सम्पूर्ण व्यवस्थापन गुल्मी अस्पतालले गर्ने निर्णय भएको संयोजक श्रीपालीले जानकारी दिए । प्रयोगशाला सञ्चालनका लागि पिसिआर मेसिनसहित आवश्यक उपकरण खरिद गर्न तत्काल कार्यविधि निर्माण गर्ने र सबैसँग सहयोगका लागि अनुरोध गर्ने निर्णय समितिको बैठकले गरेको उनले जानकारी दिए ।

रेसुङ्गा नगरपालिकाले व्यवस्थापन गर्ने गरेर आइसोलेशन हाउस बनाउने निर्णय गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष तथा समिति सदस्य भूपाल पोख्रेलले बताए । यसका लागि महेन्द्र मावि, रेसुङ्गा बहुमुखी क्याम्पस र शिक्षा कार्यालयको नाम प्रस्ताव गरिएको छ । दुई निर्वाचन क्षेत्रमा दुई शववहान खरिद गर्ने निर्णय भएको छ भने शव व्यवस्थापनस्थल सम्बन्धित स्थानीय तहले चाहेको स्थानमा बनाउने निर्णय भएको उनले जानकारी दिए । प्रजिअ शर्माले कोरोना सङ्क्रमणको नियन्त्रण र रोकथामसँगै बर्खा शुरु भएकाले मनसुन प्रतिकार योजना निर्माण र तयारी तत्काल गर्न स्थानीय तहलाई अनुरोध गरे ।

जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले ल्याब खरिद र आइसोलेशन सञ्चालन अहिलेको अपरिहार्यता भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले रेसुङ्गा नगरपालिकालाई सबै परिस्थितिको व्यवस्थापनमात्रै नभएर आर्थिकरुपमा सहयोग गर्ने जानकारी दिए ।

गुल्मी अस्पतालका प्रमुख डा.उत्तम पच्याले ल्याब सञ्चालन र आइसोलेशनको विषय निकै चुनौतीपूर्ण भएको बताए । भैरहवाबाट परीक्षण रिपोर्ट आउन करिब दुई हप्ता लाग्ने र चौतर्फी पिसिआर परीक्षणको आवाज आउन थालेपछि स्थानीय तहले ल्याब सञ्चालनमा जोड दिएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top