शुक्रबार कुवेतबाट आएकी महिलामा कोरोना संक्रमण

३२ जेठ, काठमाडौँ ।
कुवेतबाट शुक्रबार नेपाल फर्किएकी एक महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनमा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

शंकास्पद देखिएपछि ती महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा लगिएको थियो । उनलाई अहिले आईसीयूमा राखेर उपचार गराईरहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए ।

उनीसँगै आएका ९ बालबालिकासहित १४९ जनालाई चाँगुनारायण नगरपालिका-७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु शुक्रबार जजिरा एयरलाइन्सको विमानमार्फत नेपाल आइपुगेका हुन् । जसमध्ये प्रदेश १ का ३७ जना, प्रदेश २ का ३, गण्डकी प्रदेशका ३२, प्रदेश ५ का २६ र कणर्ाली प्रदेशका ५ जना छन् । वाग्मती प्रदेशका ४५ जनालाई भने ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको क्वारेन्टाइनमा राखिएको छ ।

Advertisement

शुक्रबार कुवेतबाट आएकामध्ये २ जना शंकास्पद देखिएपछि बाँकी यात्रुलाई होल्डिङ सेन्टर नलगी सिधै क्वारेन्टाइन पुर्‍याइएको हो । त्यसैगरी, शुक्रबार नै जापानबाट आएका ६ मध्ये ४ जनालाई पनि खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकाहरुको एक सातापछि पीसीआर परिक्षण गर्ने र रिपोर्ट आएपछि मात्र सम्बन्धित जिल्ला पठाइने प्रजिअ पाण्डेले बताइन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top