NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने मङ्लबार असार १७ , २०८२
मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु मङ्लबार असार १७ , २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

विद्यार्थीसँग शुल्क उठाएर शिक्षकलाई तलब खुवाऊः इस्टु

सोमवार असार १ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
विद्यार्थीसँग शुल्क उठाएर शिक्षकलाई तलब खुवाऊः इस्टु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ असार, काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले विद्यार्थीसँग शुल्क उठाएर तलब खुवाउन आग्रह गरेको छ ।

अध्यक्ष होमकुमार थापाले सरकारले तोकेअनुसार एक महिनाको शुल्क मिनाहा गरेर अन्य महिनाको शुल्क उठाएर भए पनि तलब खुवाउन आग्रह गरेका छन् ।

‘हामी विद्यालय सञ्चालकले आग्रह गरेअनुसार पढाउनेछौं, विद्यालयले हामीलाई चाडवाड खर्चसहित १३ महिनाको शुल्क दिनुपर्छ ।’

Advertisement

उनले विद्यालयले शुल्क नलिएको अवस्थामा शिक्षकलाई तलब दिन समस्या पर्ने दाबी गरे । उनले भने– ‘तीन महिनासम्म तलब दिन नसक्दा विद्यालयलाई समेत आर्थिक समस्या पर्न गएको हो ।’

इस्टुले हिजो शिक्षा तथा मावन स्रोत विकास केन्द्रलाई समेत ध्यानाकर्षण गराएको छ । इस्टुले कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तालगायतको विषयमा ध्यानाकर्षण गराएको थियो । ‘हामी पनि समस्यामा परेका छौं, अधिकांश शिक्षकलाई घर चलाउनै समस्या परेको छ, त्यसैले तत्काल तलब दिनुको विकल्प छैन ।’ –अध्यक्ष थापाले भने ।

सरकारले भनेअनुसार २ सय दिन पढाउने आफ्नो दायित्वबाट नपन्छिने स्पष्ट पार्दै थापाले भने, ‘निजी विद्यालयले सरकारी निर्देशन पालना गर्नुपर्छ, हामी विद्यालय सञ्चालकले भनेअनुसार पढाउनेछांै ।’

उपत्यकाका केही ठूला विद्यालयले लकडाउन भएको एक महिनापछि नै बिल पठाएर अभिभावकलाई हैरान पारेपछि सरकारले तत्काल शुल्क नलिन निर्देशन दिएको थियो । प्याब्सनले समेत यस्तो परिस्थितिमा शुल्क नलिन विद्यालयलाई आग्रह गरेको थियो ।

निजी विद्यालय चरम संकटमा परेपछि सरकारसँग शुल्क लिन माग गरिसकेको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरीले केही समयपछि शुल्क उठाउने प्रयास गर्नुपर्ने बताए । उनले सरकारले एक महिनाको शुल्क मिनाहा गरेको विषयमा थप छलफल गर्नुपर्ने जानकारी दिए ।

घरभाडा, बैंक र वित्तीय संस्थाको ऋणको ब्याज, शिक्षक कर्मचारीको तलब दिनकै लागि शुल्क उठाउनुको विकल्प नभएको उनको भनाइ थियो । उनले यो विषयमा सरकार र सरोकारवाला निकायसँग थप छलफल गर्ने बताए ।

इस्टुले निजी विद्यालयलाई सरकारले सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न समेत आग्रह गरेको छ । अध्यक्ष थापाले अन्य उद्योग सरह विद्यालयलाई ऋणको व्यवस्था गर्न आग्रह गरे ।

प्याब्सनले सहुलियतपूर्ण ऋणको विषयमा सरकारसँग छलफल गरिरहेको छ । सहुलियतपूर्ण ऋणको व्यवस्था नभए साना लगानीमा सञ्चालित करिब ४० प्रतिशत विद्यालय बन्द हुने अवस्थामा रहेको प्याब्सनको ठम्याइ छ ।

अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले निजी विद्यालयमा पढाएपछि अभिभावकले शुल्क तिर्नुपर्ने स्पष्ट पारे । उनले भने, ‘तर, यस्तो संकटका बेलामा विद्यालयले अभिभावकलाई करकाप गर्न पाइँदैन दुवै पक्षको समझदारीमा पहिलादेखिको बक्यौता रकम तिर्नुपर्छ ।’

शिक्षक कर्मचारीलाई तलब खुवाउन, बैंकको ऋण तिर्न रकम आवश्यक पर्ने भएपछि शुल्क उठाउनुको विकल्प नभएको उनको धारणा छ ।

महासंघले अब कुन शीर्षकमा कति शुल्क लिने भन्ने विषयमा मन्त्रालयसहित सबै सरोकारवाला निकायसँग छलफल गरी निर्णय गर्नुपर्ने जनाएको छ । ‘अब अनावश्यक शुल्क लिन पाइँदैन, जायज शुल्क लिने विषयमा छलफल गरेर निर्णय गर्नुपर्छ ।’ –उनको भनाइ थियो ।

सरकारी निर्णयअनुसार आज सोमबारबाट सबै विद्यालयको प्रशासन खुला हुनेछ । प्रशासन खुला भएसँगै विद्यालयले नयाँ भर्ना हुन चाहने विद्यार्थीको रेकर्ड राख्न शुरू गर्नेछ । प्याब्सन अध्यक्ष पुरीले सरकारको निर्णयअनुसार विद्यालय खोल्न तयार रहेको बताए पनि केही असमझादारी रहेको विषयमा छलफल हुन बाँकी रहेको बताए ।

एन–प्याब्सनको अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय चलाउन शुल्क उठाउनुको विकल्प नभएको बताए । उनले भने, ‘अभिभावकलाई समस्या नपर्ने गरी उहाँहरूकै सहमतिमा शुल्क उठाउने विषयमा छलफल गर्ने तयारी भइरहेको छ ।’

उनका अनुसार विद्यालय सुचारु रूपमा सञ्चालन गर्न शिक्षक र कर्मचारीको तलब दिन र ऋण तिर्न शुल्क लिनैपर्ने हुन्छ । इस्टुका अध्यक्ष थापाले देशभर करिब २ लाख शिक्षक कर्मचारीले तीन महिनादेखि तलब नपाउँदा घर चलाउनै समस्या भएको बताए । (रासस)

लोकप्रीय

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

मङ्लबार असार १७ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी

मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

विचार

थप समाचार

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने
अन्तर्राष्ट्रिय

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

मङ्लबार असार १७ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी
ताजा समाचार

पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

मङ्लबार असार १७ , २०८२
प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी

मनसुनी मारः सडक अवरुद्ध हुँदा एम्बुलेन्समै बिरामीको मृत्यु

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.