खुम्चिँदै राजस्व : आम्दानीभन्दा खर्च धेरै

काठमाडौं : कोभिड–१९ सङ्क्रमणका कारण आर्थिक गतिविधि सुस्ताएपछि त्यसको प्रत्यक्ष प्रभाव सरकारले गर्ने आम्दानीमा देखिएको छ । सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीका कारण कर राजस्व सङ्कलन प्रभावित बनेपछि सरकारी ढुकुटी निकै खुम्चिएको छ ।

Advertisement

सरकारी आम्दानी र खर्चको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ ३१ गतेसम्म छ खर्ब ४५ अर्ब ७० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदासम्म भएको उक्त राजस्व सङ्कलन लक्ष्यको केवल ५८.०७ प्रतिशत मात्र हुन आउँछ ।

सङ्कलित राजस्वमध्ये पाँच खर्ब ८६ अर्ब रुपियाँ कर राजस्व रहेको छ । चैतयता कर सङ्कलन गर्न नपाएको सरकारले पछिल्लोपटक जेठ २५ गते फागुनदेखिको कर विवरण र राजस्व दाखिला गर्न करदातालाई आग्रह गरेको थियो । यद्यपि निजी क्षेत्रबाट कर तिर्नुपर्ने समयमा गुनासो बढेपछि सरकारले असार ७ सम्मको समय तोकेको थियो ।

Advertisement

सरकारले उपलब्ध गराएको उक्त समयमा मुद्दा परेपछि सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको एक महिनाभित्र मात्र कर उठाउने अन्तरिम आदेश जारी गरेपछि सरकारका तर्फबाट अर्थ मन्त्रालय आदेश खारेजीको माग गर्दै अदालत गएको छ ।,यो खबर अजाको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top