×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रहरीका १२ इन्काउन्टर ‘फेक’ रहेकाे खुलासा

१ असार २०७७

काठमाडाैँ : प्रहरी भीडन्तका नाममा मारिएका विभिन्न १२ वटा इन्काउन्टरका घटनालाई राष्ट्रिय मानवअधिकार आयोग अनुसन्धान समितिले ‘फेक’ ठहर गरेको छ। प्रहरीले इन्काउन्टर भन्दै निःशस्त्र व्यक्तिको हत्या गरेको गुनासोसहित परेका उजुरीमाथि विज्ञ समूहले अनुसन्धान गर्दा ती इन्काउन्टर ‘फेक’ भएको पत्ता लागेको समितिको प्रतिवेदनमा उल्लेख छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिरअलि अन्सारी, फोरेन्सिक विज्ञ डा. हरिहर वस्ती र नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्माको विज्ञ समूहले १२ वटा घटनाको अनुसन्धान सकेर प्रतिवेदन आइतबार आयोगलाई बुझाएको छ।

Advertisement

समितिले घटनामा दोषी १६ जना बहालवाला प्रहरी अधिकारी, पूर्वप्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक, पूर्वडिआइजी र जुनियर अधिकृतलाई कारबाही दायरामा ल्याउन सिफारिस गरेको छ।

प्रहरीले इन्कान्टरका नाममा निःशस्त्र व्यक्तिहरुको हत्या गर्ने क्रम दोहोरिन थालेपछि आयोगमा परेका थिए। ती उजुरीका आधारमा आयोगले विज्ञ समूह बनाएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। आयोगले काठमाडौंका चारवटा इन्काउन्टरका घटना र तराई–मधेश आन्दोलन क्रममा भएका विभिन्न घटनाको अनुसन्धान गरी सुझावसहितको प्रतिवेदन दिएको छ। विज्ञ समूहले इन्काउन्टरमा संलग्न हुने बहालवाला अधिकारी र आदेश दिने प्रहरी अधिकारीलाई कारबाही सिफारिस गरेको छ।

Advertisement

आयोगका सदस्य गोविन्द पौड्यालले विज्ञ समूहले आइतबार प्रतिवेदन बुझाएकाले त्यसमा भएका कुरा बताउन नसकिने बताए। ‘विज्ञ समूहले प्रतिवेदन आज मात्रै बुझाएको छ। अध्यक्षज्यूले अध्ययन गर्नुहुन्छ। अहिले त्यहाँ के के छ भन्न सक्ने अवस्था छैन’, सदस्य पौड्यालले भने। ,याे खबर आजकाे नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top