गण्डकी प्रदेशमा १८ जना संक्रमित थपिए

१ असार ७७, मंगलबार

२ असार, पोखरा ।
गण्डकी प्रदेशमा मंगलबार १८ कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २, कास्की र बागलुङमा १र१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमितमा १ महिला र बाँकी सबै पुरुष छन् ।

उनीहरू सबै भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बस्दै आएका थिए । सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको उनले बताए । यससँग प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ । यहाँका मनाङ र मुस्ताङबाहेक अरू ९ जिल्लामा संक्रमित भेटिएका छन् ।

सबैभन्दा बढी स्याङ्जामा ६४ पुगेका छन् । संक्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन् । स्याङ्जाका एक जनाको भने मृत्यु भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top