×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

बार्सिलोनाको जितमा मेसीको गोल

३ असार २०७७

३ असार, एजेन्सी ।
स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले लेगानेसविरुद्ध जित हासिल गरेको छ ।मंगलबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २-० को जित हात पारेको हो । यो सँगै बार्सिलोनाले लिग तालिकाको शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ ।

क्याम्प नोउमा भएको खेलको सुरुवाती समयमा लेगानेसले आक्रमणमा धेरै अवसर बुनेपनि बल पोसेसनमा दबाब बनाएको बार्सिलोनाले अन्त्यतिर अग्रता लिएको थियो । सुरुवाती समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा लेगानेसले त्यसको महँगो मूल्य चुकाउनु पर्यो ।

Advertisement

मिगुएल एन्जल गुरेरोले २ मिनेटको अन्तरमा २ अवसर सदुपयोग गर्न नसक्दा पाहुना टोली लेगानेसले अग्रता लिनबाट चुकेको थियो । १२ औं मिनेटमा गुरेरोको प्रहारलाई क्लेमेन्ट लेङलेटले गोललाइनबाट क्लियर गरेका थिए । पेनाल्टी क्षेत्रभित्र लगातार तीन अवसर पाएको लेगानेसले अन्त्यमा गोलरक्षकलाई बिट गरेपनि गोल गर्न भने सकेन । त्यसको दुई मिनेटमा नै गुरेरोको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

खेलको ४१ औं मिनेटमा बार्सिलोनाले अन्सु फातीको गोलमा अग्रता लिएको थियो । जुनिअर फिर्पोको पासलाई पेनाल्टी क्षेत्रको ठिक भित्र रहेका फातीले पहिलो टचमा नियन्त्रण गर्दै दोस्रो टचमा उत्कृष्ट फिनिस गरेका थिए । ४४ औं मिनेटमा सर्जी रोबर्टोको क्रसमा लिओनेल मेस्सीको हेडरले पोस्टको दिशा लिन सकेन ।

दोस्रो गाफ्को ६४ औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै गोललाई मान्यता दिएनन् । त्यसको ४ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पार्यो । लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले दिएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए ।

खेलको ८७ औं मिनेटमा आर्टुरो भिडालको थ्रु पासमा रिकी पुजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक क्वेलारले बचाए । त्यसै बचाउपछिको कर्नरमा आएको रिबाउन्डमा पुजको प्रहार पुनस् गोलरक्षकले विफल पारे । लगत्तै अर्कोतर्फ बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले पनि केभिनको फ्रिकिकमा उत्कृष्ट बचाउ गरे ।

इन्ज्युरी समयमा लुइस सुआरेजले बललाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्न नसक्दा बार्सिलोनाले अग्रता लिने अवसर गुमायो । लगत्तै रेफ्रीले बेन्चमा अभद्र व्यवहार देखाएको भन्दै लेगानेसका प्रशिक्षक जाभिएर अगिर्रेलाई रातो कार्ड देखाए ।

Advertisement

यस जितसँगै बार्सिलोनाले २९ खेलमा ६४ अंक बनाएको छ । दोस्रो स्थानको रियल म्याड्रिडले २८ खेलमा ५९ अंक बनाएको छ । लेगानेस भने २९ खेलमा २३ अंक जोड्दै अंक तालिकाको पुछारमा नै रहेको छ ।

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top