×

NEPAL TIMES UPDATES

Playing
हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागे, किन यति रुष्ट हर्क ?|| Nepal Times
May 15, 2026
Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026

बिजुलीको महसुल घट्यो, केही उपभोक्ताले शुल्क तिर्नु नपर्ने

३ असार २०७७

३ असार, काठमाडौं ।
विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले पठाएको प्रस्ताव अनुसार बिजुलीको महसुल समायोजन भएको हो । असार १ गते बसेको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल समायोजन गर्ने र ट्रंक लाइन तथा डेडिकेटेड लाइन खारेज गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

लोडसेडिङको समयमा अन्य ग्राहकबाट भन्दा धेरै महसुल लिएर प्राधिकरणले उद्योगलाई छुट्टै लाइनमार्फत बिजुली दिएको थियो । लोडसेडिङ अन्त्य हुँदा पनि ट्रंक र डेडिकेटेड लाइनमार्फत महँगो बिजुली लिन बाध्य भएको उद्योगीको गुनासो थियो । अब ट्रंक र डेडिकेटेड लाइन खारेज भएको छ ।

उपभोक्ताले प्रयोग गर्ने बिजुली सस्तो

नेपाल विद्युत प्राधिकरणले वर्गीकरण गरेका १३ वटा उपभोक्ता वर्गले प्रयोग गर्ने बिजुलीको महसुल औसतमा १० प्रतिशतले समायोजन गरिएको विद्युत नियमन आयोगले जनाएको छ ।

ग्रामीण क्षेत्रमा तथा सहरी क्षेत्रका मध्यमवर्गीय उपभोक्ताहरुले एलपी ग्याँसको साटो विद्युतीय उपकरण प्रयोग गरुन् भन्ने उदेश्यले न्यूनतम तथा इनर्जी शुल्क समायोजन भएको आयोगले जनाएको छ ।

५ एम्पियर लाइन लिएर मासिक न्यूनतम १० युनिटसम्म खपत गर्ने ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लाग्नेछ, बिजुली भने निःशुल्क उपलब्ध हुनेछ । सिंगल फेज मिटरमार्फत ११ देखि २० युनिटसम्म बिजुली उपभोग गर्ने ग्राहकले प्रतियुनिट ३ रुपैयाँ तिर्नुपर्नेछ । डिमान्ड शुल्क ३० रुपैयाँ लाग्नेछ ।

Advertisement
Advertisement

२१ देखि ३० युनिटसम्म खपत गर्नेले साढे ६ रुपैयाँ प्रतियुनिटमा बिजुली पाउनेछन् भने ५० रुपैयाँ इनर्जी शुल्क लाग्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ८ रुपैयाँ प्रतियुनिट महसुल र ५० रुपैयाँ डिमान्ड शुल्क तिर्नुपर्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top