नास्टले ६० विरुवाको कोडिङ गर्याे

२८ चैत ७४, बिहीबार

ललितपुर, २९ चैत ः नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ ।

कुनै पनि प्रजातिको विरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रुपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो ।

विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखिएका हुन्छन् । नास्टले सन् २०१२ देखि बिरुवाको कोडिङ शुरु गरेको हो ।

Advertisement

विरुवाको कोडिङ गर्दा त्यस विषयमा चासो राख्ने स्वदेशी तथा विदेशी दुवैका लागि फलदायी हुन्छ, नास्टका वैज्ञानिक रामचन्द्र पौडेलले भने, ‘बिश्वका जुनसुकै देशमा बस्नेले पनि इन्टरनेट मार्फत् त्यो विरुवाका सम्पूर्ण ज्ञान पाउँछ ।’

यो प्रविधि शुरु भएको केही वर्षसम्म काम अघि बढ्न सकेको थिएन । अहिले वार्षिक कार्यक्रममार्फत नास्टले वर्षको १०–१५ वटासम्म बिरुवाको कोडिङ गरिरहेको छ, उनले भने, ‘एक÷दुई वर्षदेखि आवश्यक मात्रामा काम भइरहेको छ ।’

Advertisement

नेपालमा मात्रै पाइने रैथाने जात र अन्य देशमा पनि पाइने विरुवा गरेर दुवै खालका बोटविरुवाको कोडिङ भइरहेको उनले जानकारी दिए ।

कुनै पनि विरुवाको गुणहरु इन्टरनेटमा बार कोडिङ गरेर राखिएका विरुवासँग जुधाएर हेरेर विरुवा त्यहि हो÷होइन छुट्टाइन्छ । एउटै प्रजातिका विरुवामा समान गुण बढि पाइन्छ भने फरक प्रजातिमा कम पाइन्छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top