नयाँ डिनमा दिव्यासिंह शाह, अनेरास्ववियूले लगायो आइओएममा ताला

४ असार ७७, बिहीबार
Share this
792shares

४ असार, काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा तालाबन्दी गरेको छ।

Advertisement

डाक्टर दिव्यासिंह शाहलाई आइओएमको डिन नियुक्त गरिएको विरोधमा बिहीबार अनेरास्ववियू क्याम्पस कमिटीले तालाबन्दी गरेको हो। बुधबार डाक्टर सिंहलाई डिन नियुक्त गरिएको थियो। ‘हाम्रो गौरवशाली संगठन सरकारमा जोसुकै भए पनि विकृति र विसंगतिका विरूद्ध सधै लडेको इतिहास छ।

तसर्थ कोरोना महामारीका बेला रातारात विषय टुंग्याएर राजनीतिक आडमा अमुक व्यक्तिलाई डिन बनाइएको हुनाले यस संगठन चुप बस्दैन,’ इकाइ अध्यक्ष बिनय पंज्ञानीले बिहीबार निकालेको विज्ञप्तिमा भनिएको छ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी सिंहलाई प्राध्यापक डाक्टर प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीको सिफारिसअनुसार त्रिविले डिनमा नियुक्त गरेको थियो। उनी सिफारिसमा दुई नम्बरमा परेकी थिइन्।

बरिष्ठता मिचेर राजनीतिक पहुँचकै आधारमा सिंहलाई डिन नियुक्त गरेको भन्दै विरोध भइरहेका बेला अनेरास्ववियूले तालाबन्दी गरेको हो। ‘यो आन्दोलन व्यक्ति विशेषविरूद्धको नभई पद्धति विरूछ लक्षित छ।

Advertisement

हामीले प्रक्रियाको कुरा बारम्बार उठाउँदा पनि अटेरी गरी पद्धतिविपरीत गएको हुनाले घोरविरोधसहित बन्द गर्न बाध्य भएका हौं,’ अध्यक्ष पंज्ञानीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन निर्णय सच्याइ राम्रो नजिरलाई कायम राखी योग्यता र बरिष्ठतामा आधारित भई डिन पदको नियुक्ति गरियोस् भन्ने माग राखी तालाबन्दीसहित आन्दोलन प्रारम्भ गरेको जानकारी गराउँदछौं,’ उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।

                                                         

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top