‘बडे भाइ’को दम्ब त्याग्न भारतलाई खिमलाल भट्टराईको सुझाव

३ असार ७७, बिहीबार

४ असार, काठमाडौं ।
राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले भारतले ‘बडे भाइ’को दम्ब त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताएका छन् ।

२१ औं शताब्दीमा पनि भारतले बल्लभ भाइ पटेलको मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने उनले बताए । नेपाल भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरु सुमधुर बनाउन नेपालभारत दुई देशको कर्तव्य भएको उल्लेख गर्दै उनले भने, ‘‘आजको भारतीय संस्थापनपक्षले हिजोका बल्लभभाइ पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो बन्न सक्दैन ।

उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ । भारतले बडे भाइको दम्ब त्याग्नुपर्छ । यो त्यग्नैपर्छ नेपालभारतको सम्बन्ध सुमधुर बनाउन ।’’ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २१ औं शताब्दीको उन्नत चेतनामा आधारित भएर मित्रवत सम्बन्धको सुरुवात गर्ने आँट र क्षमता देखाउन पनि आग्रह गरे ।

Advertisement

राष्ट्रियसभामा प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको छलफलमा उनले महाकाली सन्धीमा उल्लेख भएका कतिपय कुराहरुको गलत अर्थ लगाइएको बताए । अधिकांश महाकाली नदी सीमा नदि हो भनेर उल्लेख भएको शब्दावलीलाई गलत अर्थ लगाइएको उनले बताए ।

महाकाली पारि पनि नेपालीभूमि दोधारा चाँदनी भएको उल्लेख गर्दै उनले भने, ‘‘महाकालीनदी सम्पूर्ण सीमा नदी हो भन्न सक्ने अवस्था नेपालको छैन् । महाकाली पारी पनि दोधारा चाँदनी छन् । त्यो हाम्रो होइन भन्न सक्छौँ ? सक्दैनौ भने महाकाली सन्धीमा अधिकांश भूभाग सीमानदी हो भनेको कुरा गलत ढंगले भनेको भनेर सोच्नु हुँदैन् ।’’

Advertisement

भारतीय पक्षकाकारण पछिल्लो समय नेपालभारत सम्बन्धमा दरार आएको उनले बताए । वार्ताका लागि पटक पटक आग्रह गर्दापनि विवादीत क्षेत्रमा आफै सडक उद्घाटन गर्ने अनी सेना प्रमुखले नेपालको अपमान गर्दा नेपालले त्यो सहन नसक्ने उनले बताए ।

‘‘सीमा समस्या समाधानका लागि पटक पटक आग्रह गर्दा पनि भारतबाट बेवास्ता ग¥यो । भारतीय पक्षले हेपाहा र मिचाहा प्रवृति देखाएका कारण समस्या उत्पन्न भयो । यो भारतीय संस्थापनको कुटनीतिक असफलता हो’’, उनले भने । उनले सबै असमान सन्धी सम्झौता पुनरावलोकन गर्न भारत तयार हुनुपर्ने बताए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top