राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको दाबी

३ असार ७७, बिहीबार

४ असार, वासिङ्टन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन् ।

बोल्टनले आफूले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकमा ह्वाउट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएका अन्तरंग कुराकानी र विमती समेतका विविध गतिविधिका बारेमा लेखिएको छ । उक्त पुस्तकको केही अंश अमेरिकी अखबारहरुमा प्रकाशन भएका छन् ।

Advertisement

पुस्तकमा राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिलाई सन् २०२० को राष्ट्रपतीय चुनावमा आफू विजयी हुनेतर्फ लक्षित गरेको जिकिर गरिएको छ ।

अमेरिकी अखबार दी वासिङ्टन पोस्ट, न्यूयोर्क टाइम्स र वालस्ट्रिट जर्नलमा प्रकाशित पुस्तकको अंशमा बोल्टनले चिनियाँ मानव अधिकार दुव्र्यवहारका घटनालाई ट्रम्पले पटकपटक बेवास्ता गरेको आरोप लगाएका छन् ।

Advertisement

बोल्टनले भनेका छन्, “मेरो ह्वाइट हाउसको कार्यकालको अवधिमा ट्रम्पका निर्णय प्रक्रियाहरु सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा बढी केन्द्रित हुने गरेका थिए, र त्यसका लागि ममाथि दबाब थियो ।” गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पमाथि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार जो बाइडेनमाथि युक्रेनको सहयोग लिएर हिलो छ्याप्न खोजेको भन्दै अमेरिकी संसदमा महाभियोग समेत दर्ता भएको थियो ।

गत जुनमा चिनियाँ राष्ट्रपति सीसँगको एउटा महत्वपूर्ण बैठकमा ट्रम्पले चीन–अमेरिका आर्थिक साझेदारीको विषयमा आफ्नो निर्वाचनले धेरै फरक पार्ने भन्दै चुनावमा सीको समर्थन लिन खोजेको बोल्टनले दाबी गरेका छन् ।

बोल्टनले राष्ट्रपति ट्रम्पले अमेरिकी किसानको औचित्य र महत्वमाथि जोड दिँदै चीनबाट सोयाबिन र गहुँको खरिदले अमेरिकी मतदातामा सकारात्मक असर पार्ने सोचेकाे बताए ।

बोल्टनले भनेका छन्, “म ट्रम्पका हरेक शब्द छाप्न सक्थें तर सरकारको पूर्व प्रकाशन पुनरावलोकन प्रक्रियाले मलाई सम्पूर्ण कुरा बाहिर ल्याउन कठिन बनाएको छ ।”

ट्रम्प प्रशासनका तर्फबाट अमेरिकी न्याय विभागले बोल्टनको पुस्तकको तत्काल प्रकाशन रोक्ने उद्देश्यले अदालतमा मुद्दा दायर गरेको छ । विभागले बोल्टनको पुस्तक अमेरिकी सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने दाबी गरेको छ ।रासस

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top