४ असार, काठमाडाैँ ।
प्रतिनिधिसभा सांसद खगराज अधिकारीले सरकारका हातखुट्टा बाँधेर चौतर्फी हमला भइरहेको बताएका छन् । सर्वोच्च अदालतले चालु आर्थिक वर्षको साउनबाट कर उठान नपाउने भनेको र राष्ट्रपति कार्यालयको गलैचा फेरेको विषयमा अलोचना गरी सरकारलाई चौतर्फी हमला गरिएको बताए ।
सरकारका हातखुट्टा बाँधेर सरकारले गर्न दिएन भन्दै चौतर्फी हमला भएको उल्लेख गर्दै उनले सरकारविरुद्धका आलोचनाले कोभिड—१९ को विरुद्धको लडाई भन्दा व्यवस्था विरुद्धको लडाईलाई हौसला दिने बताए । क्वारेन्टाइनमा रहेका गर्भवति र सुत्केरी महिलाहरुको समस्या समाधानका लागि सरकारलाई गम्भिर हुन आग्रह गर्दै उनले भने– ‘‘सरकारलाई चौतर्फी घेराबन्दी गरिएको छ । अदालतले साउनदेखि नै भ्याट उठाउन नपाउने बनाएको छ । लक डाउन धेरै पछि सुरु भएको हो तर चालु आर्थिक वर्षको साउनबाट नै भ्याट उठाउन नपाउने बनाएको छ । सरकारका हातखुट्टा बाँध्ने र राष्ट्रपति कार्यालयमा १ करोड भन्दा बढीको गलैचाँ फेरियो भनेर आलोचना गर्ने यस्ता कामहरुले सरकारलाई चौतर्फी हमला गरेको छ ।’’
सरकारमाथि भइरहेका हमलाहरुको सामना गर्दै आइसोलेसन र क्वारेन्टाइन बढाएर पीसीआर परीक्षणको दायरा तिव्र गतिमा बढाउनुपर्ने उनले बताए । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम र रणनीतिक सडकहरुलाई कोरोना विरुद्ध लड्दै निरन्तरता दिनुपर्ने उनले बताए ।