×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

विद्यालय भवन पुनःनिर्माणमा प्रवासीको सहयोग

२९ चैत्र २०७४

बाबियाचौर, म्याग्दी, २९ चैत ः म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनःनिर्माणका लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा सवा करोड रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

विद्यालयको ५०औँ स्थापना दिवसका अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिकालगायत देशमा रहेका पूर्व विद्यार्थीले रु एक करोड २५ लाख जुटाएका हुन् ।

Advertisement
Advertisement

बेगखोला कल्याणकारी समाजको पहलमा संकलन भएको उक्त रकम वैशाख १ गते स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने आज बेनीमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगकुमार फगामीले जानकारी दिए ।
विसं २०२५ मा औपचारिक रुपमा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण भएकाले सुविधासम्पन्न भवन निर्माण र गुणस्तर सुधार गर्ने उद्देश्यले सहयोग संकलन अभियान सञ्चालन गरेको समाजका हङ्कङ अध्यक्ष गिरी शेरपुञ्जाले बताए । हङ्कङबाट हालसम्म रु ३६ लाख ५० हजार सहयोग जुटिसकेको बताउँदै शेरपुञ्जाले अभियान जारी रहेको जानकारी गराए ।

सहयोग संकलन अभियानका बेलायत संयोजक नक्कु पुर्जाले कक्षा कोठा, कम्प्यूटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षका लागि भवन निर्माण गर्न चन्दा दाताले सहयोग घोषणा गरेको बताए । विद्यालयका पूर्व प्रअ दूतबहादुर गर्बुजाका अनुसार कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा हाल १७० जना विद्यार्थी अध्ययनरत छन् ।

Advertisement
Advertisement

वैशाख १ र २ गते मनाइने स्वर्ण जयन्ती समारोहको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रममा जानकारी गराइएको थियो ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top