गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ

४ असार ७७, शुक्रबार

भैरहवा : चीनबाट आउनु पर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ भएको छ । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाइको मुख्य कारण बनेको हो ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार धावनमार्गको लाइट फिक्स्चर र ब्यागेज ह्यान्डलिङ सिस्टमको कन्भेएर बेल्ट मुख्य रूपमा आउन बाँकी उपकरण हुन् । आउन बाँकी उपकरण चीनबाट अझै ढुवानी हुन नसकेको आयोजना प्रमुख अधिकारीले बताए ।

“अहिले चीनमा उपकरण प्याकिङ गर्ने र बैङ्किङ कागजात मिलाउने प्रयास भइरहेको छ, त्यो सकिएपछि उपकरण नेपाल आइपुग्न सडक मार्ग हुँदै कम्तीमा एकदेखि डेढ महिना लाग्छ । ’’ अरू उपकरण ९५ प्रतिशत आइसकेका छन् । लाइट फिक्स्चरजस्ता उपकरण नेपाली प्राविधिकले जडान गर्न सके पनि कन्भेयर बेल्ट जडान गर्न विदेशबाटै प्राविधिक आउनु पर्छ । “अबको समस्या भनेको विदेशमा रोकिएका कामदार, उपकरण जडान गर्ने प्राविधिक र बाँकी उपकरण ल्याउनु हो । त्यसका लागि अन्तर्राष्ट्रिय उडान र स्थलमार्ग वा सामुद्रिक मार्ग खुल्ला हुनु जरुरी छ,”आयोजना प्रमुख अधिकारीले भने ।

आउन बाँकी उपकरण आएपछि जडानको कामका लागि कम्तीमा पनि साढे दुईदेखि तीन महिना लाग्ने आयोजना प्रमुख अधिकारीको भनाइ छ । उपकरणसँगै ३० देखि ४५ जनासम्म प्राविधिक जनशक्ति चीनबाट आउनुपर्ने र अन्तर्राष्ट्रिय उडान नहुँदा पनि जनशक्ति आउन समस्या भएको उनले बताए । विमानस्थलमा अहिले नेपाली र चिनियाँ गरी पौने तीन सय कामदारले काम गरिरहेका छन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top