लद्दाख भिडन्तमा चीनको नियन्त्रणमा रहेका १० भारतीय सैनिक रिहा

५ असार, एजेन्सी । चीनले आफ्नो नियन्त्रणमा रहेको १० भारतीय सैनिकलाई रिहा गरेको छ ।

Advertisement

लद्दाखको विवादास्पद सीमा क्षेत्रमा गत सोमबार भएको हिंसात्मक भिडन्तको क्रममा नियन्त्रणमा लिएका सैनिकहरुलाई चिनले रिहा गरेको हो ।

रिहा हुनेहरुमा एक जना लेफ्टीनेन्ट कर्णेल, तीन जना मेजर र ६ जना जवानहरु रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

Advertisement

भारत सरकारले भने सैनिकहरुको रिहाइबारे केही जनाएको छैन । उसले लद्दाखको भिडन्तमा भारतीय सैनिकहरु बेपत्ता भएकोबारे पनि केही बोलेको थिएन ।

Family members and villagers carry the coffin of soldier Satnam Singh who was was killed in a recent clash with Chinese forces in the Galwan valley area, during the cremation ceremony at Bhojraj village near Gurdaspur on June 18, 2020. – India and China agreed on June 17 to ease tensions at their disputed Himalayan border, even as they traded blame for a brawl that left at least 20 Indian soldiers dead. (Photo by NARINDER NANU / AFP)

गत सोमबार गल्वान उपत्यकाको विवादास्पद सीमा क्षेत्रमा भारत र चीनका सैनिकबीच भिडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए ।

Advertisement

घटनामा ७६ भारतीय सेना घाइते भएको बताइएको छ । घटनापछि केही सैनिक सम्पर्कवीहिन बनेका थिए ।

बुधबार दुई देशका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको समाचार सार्वजनिक भएको थियो । विवाद कम गर्न दुई देशका उच्च सैन्य अधिकारीबीच पनि वार्ता भएको थियो ।

वार्तामा भारतीय पक्षले राखेको पहिलो मागअनुसार चीनले आफ्नो नियन्त्रणमा रहेका भारतीय सैनिक रिहा गरेको अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top