अर्थतन्त्रमा अझै भी सेप रिकभरी हुने स्थिति छ ःअर्थमन्त्री

४ असार ७७, शुक्रबार

५ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतविडाले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा भी (ख)ं सेप रिकभरी हुने स्थिति अझैपनि रहेको बताएका छन् ।

Advertisement

राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै अर्थतन्त्रको रिकभरी भीसेपमा हुन सक्ने बताएका हुन् । उनले भूकम्पपछि आर्थिक संरचनाहरुमा क्षति हुँदा समेत अर्थतन्त्रलाई भीसेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भीसेपको रिकभरी सम्भव भएको बताए ।

उनले भने ‘भूकम्प पछिको पूननिर्माणमा पनि यो धेरै विषय चलेको थियो कि अव अर्थतन्त्र थला प¥यो उठनै सक्दैन भन्ने विषय उठेको थियो । त्यो बेला हाम्रा आर्थिक संरचनाहरु पनि भत्किएका थिए । तर हामीले भीसेपको रिकभरी ग¥यौं । भूकम्प पछिको पुननिर्माणको चरणमा । त्यसैले हाम्रो इतिहास, हाम्रो अनुभव र हाम्रा प्रयासहरुलाई हेर्ने हो भने हामी फेरीपनि भीसेपको रिकभरीमा जान सक्छौं ।

Advertisement

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सवल पक्षहरु कायम नै रहेकोले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति श्रृङ्खलालाई सहज बनाउन सजिलो हुने बताए । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरुमा सरकारले सहजिकरण गरिरहेको समेत बताए । बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिने लगायतका विषयमा सरकारले जोड दिएको स्पस्ट पारे । उनले मुलुकमा झण्डै तीन चौथाई लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले विर्सन नसक्ने बताए । उनले मुलुकको खाद्य सुरक्षा, उर्जा सुरक्षा, रोजगारीको सुरक्षा र स्वास्थ्य सुरक्षा सम्बन्धी विषयमा आत्मनिर्भर हुने गरी आर्थिक गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए ।

यस्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा उठेका प्रस्नहरुको समेत अर्थमन्त्री खतिवडाले जवाफ दिएका हुन । कोभिडको जोखिमले अर्थतन्त्रमा ल्याएको सिथिलताको अवस्थामा सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए । उनले सरकारले आन्तरिक ऋण उठाउँदैमा निजी क्षेत्रको लगानी नघट्ने समेत स्पस्ट पारे । निजी क्षेत्रको लगानी बढाउनको लागि विभिन्न क्षेत्रहरुलाई खुल्ला गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

Advertisement

उनले भने ‘मुलुकभरीमा आम्दानीको उपभोगलाई कटाएर रहेको रकमको एक तिहाई जति सरकारले लिन खोजेको हो । त्यो लगानीको अनुपातमा हो । निजी क्षेत्रलाई बाहिरबाट लगानी ल्याउन प्रोत्साहित गर्नको लागि बाहिरबाट जुन ऋण ल्याउनुहुन्छ हाम्रो बैंकिङ प्रणालीको मित्रहरुले त्यो ल्याउने ऋणमा त्यसलाई निक्षेपको रुपमा लिने हो भने टिडिएसको रुपमा घटाइदिएको छ । ता कि बैंकहरुले पनि विदेशबाट ऋण परिचालन गरेर पनि लगानी बढाउन सकुन भनेर अरु श्रोतहरु प्नि निजी क्षेत्रको लागि खुला गरिदिएको छ । त्यसैले सरकारले बजारबाट पैसा आफ्नो विकास खर्च पुरा गर्न उठाइरहदा निजी क्षेत्रलाई पुग्ने गरी र नपुग भएमा विदेशबाट समेत परिचालन गर्ने व्यवस्था गरेको छ । त्यसले गर्दा खेरी सरकारले आन्तरिक ऋण उठाउने कारणले निजी क्षेत्रलाई उपलब्ध हुने श्रोत संकुचित हुँदैन् ।

ऋण तथा जमानत (चौवीसौं संशोधन) विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्तावमा भएको छलफलमा उठेका प्रस्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकारले जमानत बस्ता व्यवसायीक सम्भावना भएका क्षेत्रहरु हेरेर मात्रै जमानत बस्ने बताए । उनले वित्तीय रुपमा सबल भएका सार्वजनिक संस्थाले आफै ऋण परिचालन गर्न सक्ने र वित्तीय अवस्था सुदृढ नभएको संस्थालाई उकास्न पर्ने भएमा सोचेर मात्रै सरकारले काम गर्ने स्पस्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top