एउटै रुखमा झुण्डिएको अवस्थामा देवर-भाउजु मृत फेला

५ असार ७७, शुक्रबार
Share this
753shares

५ असार, ईलाम ।
इलाम माङसेबुङ गाँउपालिका६ स्थितमा दुई जना झुण्डीएको अवस्थामा मृत फेला परेका छन । मृत पेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन् ।

Advertisement

बिहीबार बिहान कोहि कसैलाइ नसोधि घरबाट हिडेका देवर भाउजु बेलुका सम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा आज बिहान साढे ११ बजे घर देखी करिव सात सय मिटर टाँडा दारजातको रुखको एउटै हांगामा प्लाष्टिकको डोरिको पासो लगाइ झुण्डीएको अवस्थामा फेला पारेका थिए ।

मृत फेला पारिएको भनि आफन्तले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखी घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top