सुनकोशी करिडोर सडक स्थानीय तहले निर्माण गर्ने

५ असार ७७, शनिबार

५ असार, काठमाडाैँ ।
झण्डै दश वर्षअघि काम शुरु गरेर अलपत्र अवस्थामा रहेको सुनसरीको चतरादेखि सुनकोशी किनार हुँदै उदयपुरको पहाडी क्षेत्रलगायत सातवटा स्थानीय तह हुँदै कटारीको घुर्मी जोड्ने सुनकोशी करिडोर सडक उदयपुरको स्थानीय तहहरुले नै निर्माण गर्ने भएका छन् ।

उदयपुरको कटारी नगरपालिकाको कार्यालयमा बसेको स्थानीय तहहरुका जनप्रतिनिधि र पार्टी प्रतिनिधिको संयुक्त बैठकले अब अलपत्र परेको सुनकोशी करिडोर सडक उदयपुरका स्थानीय तहहरुको आफ्नै लगानीमा निर्माण कार्य शुरु गर्ने निर्णय भएको कटारीका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार कटारी– १४ घुर्मी सुनकोशी क्षेत्रदेखि एक सय ६७ किलोमिटर सुनसरीको चतरा जोड्ने सुनकोशी करिडोर सडकको पहिलो खण्डको घुर्मी हुँदै लिम्चुङबुङ गाउँपालिकाको कुनाहीघाटसम्मको ५७ किलोमिटर सडक पहिलो चरणमा निर्माण कार्य शुरु गरिने निर्णय भएको हो ।

Advertisement

यसका लागि तत्काल उदयपुरको कटारी नपा, ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाले संयुक्त रुपमा रु चार करोड आर्थिक विनियोजन गर्ने तयारी गरेको लिम्चुङबुङका अध्यक्ष मेजरकुमार राईले बताए ।

यस्तै बाँकी सडक करिडोर पूरा गर्नका लागि त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका, बेलका नगरपालिकासहित उदयपुर गढी गाउँपालिकाले संयुक्त बजेट विनियोजन गरेर आर्थिक लगानी गर्ने तयारी भएको पनि रौतामाईका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए ।

Advertisement

सुनकोशी करिडोर सडकबाट प्रदेश नं १ का धनकुटा, भोजपुर, सुनसरीसहित राजधानी विराटनगरसम्म आवतजावत गर्ने र व्यापारिक प्रयोजनाका लागि उपयोगी हुने जनप्रतिनिधिहरु बताउँछन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top