दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(घर फर्किनेहरु बढुन्)
शुक्रबार थप ४२६ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो /पछिल्लो २४ घण्टामा २१६ जना डिस्चार्ज भएसंगै १४ सय २ जना उपचार पछि निको भए ।

२.(परीक्षण र उपचार)
शुक्रबारसम्म पीसीआर एक लाख ६१ हजार ७ सय ४९ र आरडिटीबाट २ लाख ४७ हजार ८ सय ७४ वटा नमूना परीक्षण /देशभर एक लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टाईनमा /६ हजार ८ सय ५० जना आइसोलेसनमा ।

३.(रातिलाई रोक)
सरकारद्वारा अत्यावश्यक सेवाबाहेक राती १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक / राति सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि मापदण्ड कडाइ गर्न गृह मन्त्रालयको सुरक्षा निकायलाई निर्देशन ।

४.(बोझ बढाउने निर्णय)
विश्व बैंकबाट १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकार गर्ने सरकारको निर्णय / मरिच आयातमा लगाएको करमा केही खुकुलो /अब उद्योगले कच्चा पदार्थको रुपमा सीमित परिमाणमा मरिच आयात गर्न पाउने ।

५.(अनियमितता नहोस्)
संसद विकास कोषको खर्च नभएको रकम कोरोना उपचारमा खर्च गर्न बाटो खुल्यो / खर्च नभएको रकम असार १५ भित्र सम्बन्धित स्थानीय तहको कोभिड १९ रोकथाम तथा उपचार कोषको खातामा जम्मा गर्नुपर्ने ।

६.(मृत्युपछिको सहयोग)
करार अवधि थप नगर्ने निर्णय गरेपछि आत्मदाह गरेका सिद्धार्थ आउजीको परिवारलाई न्याय हेल्थ नेपालद्वारा पाँच लाख सहयोग /स्थानीय तहले पनि दुई लाख सहयोग गर्ने/ अस्पतालले मृतक आउजीकी श्रीमतीलाई रोजगारी दिने ।

७.(कम्युनिष्टका कुरा)
सत्तारूढ नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भिडिओ कन्फ्रेन्स /कन्फ्रेन्समा नेपाल चीन सम्बन्ध, दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्ध लगायतका विषयमा छलफल /हिमालय क्षेत्रको अन्तरदेशीय सम्पर्क सञ्जाल बनाउन दुबै देश सकारात्मक भएको नेकपा नेता विशाल भट्टराईको भनाई ।

८.(अर्थतन्त्रमा आशा)
कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा भी (ख)ं सेप रिकभरी हुने स्थिति अझैपनि रहेको अर्थमन्त्री डा. युवराज खतविडाको भनाई /सरकारले आन्तरिक ऋण उठाउँदैमा निजी क्षेत्रको लगानी नघट्ने प्रस्टोक्ति ।

९.(रेलमा रफ्तार)
बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु¥याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न /चालू आर्थिक वर्षमा विभिन्न स्थानमा ६० किमी निर्माण गर्ने लक्ष्य राखेकामा ६२ किलोमिटर सम्पन्न ।

१०.(केसीको चेतावनी)
त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्तिमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको विरोध/वरिष्ठताको आधारविना भएका नियुक्ति नसच्याए ओली–प्रचण्ड मनपरीतन्त्र विरुद्ध आन्दोलन गर्ने चेतावनी ।

११.(नेपालीको दुःख)
कतारबाट आममाफीमा सहभागी ४३ नेपाली कामदार स्वदेश आइपुगे /सोही उडानमा २० नेपालीको शव पनि ल्याइयो /सबै शव सम्बन्धित परिवारको घरमै पु¥याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डको भनाई ।

१२.(घर फर्किनेहरु)
यूएईको दुबईबाट एक जनाको शवसहित १ सय ४८ जना यात्रु लिएर नेपाल एअरलाइन्स काठमाण्डौ आइपुग्यो /कुवेतबाट १ सय ५० र माल्दिभ्सबाट पनि १ सय ५० जना यात्रु स्वदेश आइपुगे ।

१३.(एक काम दुई पन्थ)
ईपीएस अन्तर्गत कोरियामा रोजगारीका लागि नाम निकालेका कामदारलाई लिन शनिबार कोरियन एयर काठमाडौं आउँदै /सोही विमानमा कोरियाबाट २ सय ३३ जना नेपाली आउने भएपछि कोरियन एयरलाई काठमाडौं आउन सहजीकरण गरिएको पर्यटन मन्त्रालयको भनाई

१४.(अबरोधमा उत्रियो भारत)
भारतले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण नेपाली वस्तुहरूमा रोक लगायो /कृषिजन्य वस्तुहरू बोकेका करिब २५ वटा ट्रकहरू मेची पुलमै रोकिए /निर्यात सहजीकरणको लागि पश्चिम बंगाल सरकारसँग छलफल भइरहेको भन्सार विभागको भनाई ।

र,

१५.(विश्वभरको कहर)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ८६ लाख २ हजार बढी संक्रमित / ४ लाख ५६ हजार बढीको मृत्यु /४५ लाख ५२ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top