×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाँच जलविद्युत र दुई सिमेन्ट कारखानाकोसहित झण्डै २ खर्बको वैदेशिक लगानी स्वीकृत

६ असार २०७७

६ असार, काठमाडौं ।
लगानी बोर्ड नेपालले झण्डै २ खर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बोर्ड बैठकले १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो । यीमध्ये पाँच वटा जलविद्युत र २ वटा सिमेन्ट कारखानाको लगानी रहेको छ ।  बैठकले ३ सय २७ मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको लागि ७८ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानीलाई स्वीकृति दिएको छ ।

Advertisement
Advertisement

यस्तै ४२ दशमलव ९ मेगावाटको आँखुखोला जलविद्युत आयोजनाको लागि ६ अर्ब ३० करोड, ५७ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजनाको लागि १० अर्ब ३१ करोड, ९७ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनाको लागि १३ अर्ब ५७ करोड र १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युतको लागि २८ अर्ब ६ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ ।

यस्तै दाङ सिमेन्ट इन्डस्ट्रिजको लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट परियोजनाको लागि १५ अर्ब ५ करोड रुपैयाँ वैदेशिक लगानी पनि स्वीकृत भएको छ । लगानी बोर्डको बोर्ड बैठकले बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २० मेगावाट स्टोरेज क्षमतासहितको १५ मेगावाटका २ वटा सौर्य उर्जा परियोजनाको लागि अध्ययन गर्न राइजेन इनर्जी सिंगापुरलाई सर्वेक्षण अनुमति दिएको छ ।

Advertisement
Advertisement

यो परियोजना सार्वजनिक निजी साझेदारी मोडलको परियोजना हो ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top