७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था राज्य व्यवस्थाबाट पारित

७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था राज्य व्यवस्थाबाट पारित

७ असार, काठमाडौं
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बहुमतले पारित भएको छ ।

समितिको बहुमतले यसलाई पारित गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् । प्रस्तावको पक्षमा नेकपाका सांसदहरू थिए भने प्रतिपक्षी दलका सांसदहरूले यसमा असहमति जनाएका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.