×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

अब्बल एसपीको छाप छोड्दै फर्किए विश्व अधिकारी

७ असार २०७७

७ असार, विराटनगर ।
२०७६ साल जेठ १२ गतेको प्रहरी प्रधान कार्यालय मानव श्रोत एवम् प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको सरूवा पत्रले मोरङको नयाँ एसपी भएर विश्व अधिकारी आए । एसपी अधिकारीले मोरङ जिल्लाको ४६ औं प्रमुख भएर कमाण्ड सम्हाले भने ,२४ औं एसपी भएर उनले नेतृत्व गरे । उनले यस अघि सिन्धुपालचोकमा कमाण्ड सम्हालिसकेका थिए । प्रहरीको संगठन भित्रै बसेर निति नियम बनाउनमा व्यस्त एसपीलाई पुर्व आईजिपी सर्वेन्द्र खनालको कार्यकालमा मोरङमा सरुवा गरिको थियो ।

खुल्ला सिमा नाका , प्रदेश १ कै राजधानी अनि राजनीतिको केन्द्र, भीभीआईपीहरुको गढ समेत मानिने मोरङमा उनको सरुवा भए पछि उनले सम्पूर्ण कार्यलाई कसरी सम्पादन गर्ने भन्ने बिषय जटिल नै थियो भन्दा फरक न पर्ला । एसपी अधिकारीले मोरङ जिल्लामा प्रहरीको नेतृत्व सम्हाल्दै गर्दा पत्रकार सम्मेलन गर्दै सामुदायिक सुरक्षा , अपराध नियन्त्रण , ट्राफिक व्यवस्थापन , र नागरिक अव्यवस्थाको व्यवस्थापन गरिने बताएका थिए । उनी आफनो प्रतिबद्धता र प्राथमिकतामा कति खरो उत्रिन सके त्यो स्वयम उनी अनि मोरङका जनताले अनुभूति गरेका छन् ।

Advertisement
Advertisement

उनको कार्यकालमा असार १६ गते , विराटनगर ९ रोडशेष चोकबाट ५९ केजी चाँदी सहित एक भारतीय नागरिक पक्राउ गरि आवश्यक अनुशन्धान अगाडि बढाइयो भने , प्रहरीको मनोबल उच्च बनाउनको लागि आन्तिरिक खेलकुदको प्रतियोगिता आयोजना गरिएको थियो । यता बाढीको चपेटामा परेको मोरङको बिभिन्न भागमा नेपाल प्रहरीले गरेको उद्दार कार्य देखि हतियार सहित अपराधमा सम्लग्नलाई पक्राउ गर्न उनि नेतृत्वको प्रहरीले सफल भयो । यस्तै श्रावण महिनामा बिभिन्न स्कुलमा प्रहरी संगको कार्यक्रमहरु उनले गरे भने , बृक्षारोपण , सरसफाई कार्यक्रम , परोपकार उद्धार , प्रहरीहरुको बढुवाको कार्यक्रम ,स—साना बालबालिकाहरु संगको अन्तरक्रिया कार्यक्रम साथै चोरीको घटनामा सक्रिय भएका आरोपीहरुलाई उनले पक्राउ गर्न सफल भए । अनलाइन ठगि गर्ने ठूलो गिरोहलाई मोरङमा रहेर उनले निस्तेज पार्न सफल भए । अन्तराष्ट्रिय संजाल बनाएको ठूलो ठगिको गिरोहरुलाई उनले पक्राउ गरे । जिल्लाको विशेषत विराटनगरको विकास निमाणर्का बावजुत ट्राफिक ब्यवस्थापनमा पनि उनी नेतृत्वको प्रहरीले चुस्तता प्रदान गर्यो । चेक पोइन्टको निमाणर्, वान वए, ट्राफिक नियम उल्लघन गर्नेलाई परीक्षा प्रणाली मापसे चेकिङलाई उनले प्रभावकारी बनाए जसबाट राज्यले साढे ३ करोड बढी राजस्व असुली गरेको छ । प्रदेश नं १. का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पछिल्लो समयमा प्रदेश १ भरि नै शान्ति सुरक्षा उल्लेखीय सुधार आएको र प्रदेशको राजधानी समेत रहेको मोरङ जिल्लामा एसपी अधिकारीले कुशलतापुर्वक नेतृत्व गरेको स्मरण गरेका छन् ।

यसै गरी उनको नेतृत्वको मोरङ प्रहरीले केही हुण्डी कारोबारीलाई समेत पक्राउ गर्न सफल भए । यसै गरि उनले कोरोना भाइरसको महामारीमा समेत सावधानीपूर्वक प्रहरीको स्वास्थ्यको ख्याल गर्दै अपराध अनुसन्धान एवम कानुन कार्यन्वयनमा निरन्तर आफनो कर्तब्यमा कर्मठ देखिए । उनको नेतृत्वमा , प्रहरीको साथी म अभियान , हात धुने कार्यक्रम , कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम,जिल्ला प्रहरी कार्यलय भित्रै सेनिटाइजर बुथको व्यवस्थापन , अबैध मदिरा बरामद , लकडाउन उलङघन गर्नेलाई कार्वाही लगायतका महत्वपूर्ण  कार्यसम्पादन भएका छन । मोरङ प्रहरीको नेतृत्वबाट विदा हुँदै गर्दा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एसपी विश्व अधिकारीले निकै सालिन र एक शसक्त प्रहरीको भूमिका मोरङमा निर्वाह गरेको बताए ।

देश विकासको आधारशीला शान्ति सुरक्षा हो । शान्ति सुरक्षा कायम गरी सुरक्षित समाज निर्माणका लागि राज्यको अपरिहार्य र महत्वपूर्ण  संयन्त्र भनेको प्रहरी सेवा नै हो । एसपी अधिकारीले जेष्ठ महिनामा मात्रै मुख्य ३ वटा काम गर्न सफल भएका प्रहरी हुन् । उनले औषधि व्यवसाय देवी प्रसाद दुलालको हत्यारालाई २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएका थिए । यस्तै आफनै बुवाको हत्या गरि माटो मुनि गाड्ने २ जनालाई २४ घण्टा नबित्दै उनी नेतृत्वको प्रहरीले पक्राउ गरेको थियो । यता कमसल मदिरालाई महँगो बोत्तलमा हाली बेच्ने कारोवारीलाई पनि पक्राउ गर्नु उनको सफलता रहेको छ । प्रहरी विनाको समाज र नागरिक विनाको प्रहरी कल्पना गर्न सकिँदैन। प्रहरीको विकल्प भनेको राम्रो प्रहरी नै हो । समग्र जिल्लामा शान्ति व्यवस्था अमन चयन कायम राख्न जिल्लाभरी दरबन्दी भएका ६४ र नभएका ३० गरी ९४ यूनिटमा १४ सय २६ बढि प्रहरी जनशक्तिको व्यवस्थापन, अनुगमन, प्रभावकारी परिचालन उनले गरेका थिए । यस्तै उनको कार्यकालमा अदालतबाट फरार अपराधीहरुको अद्यावधिक सूची प्राप्त भए पछि लकडाउन अघिसम्मको ४ महिनामा ४ सय ४८ जना लाई पक्राउ गरि ११२ बर्ष २ महिना १६ दिन कैद र ४१ लाख ७८ हजार ९ सय ९६ रुपैया जरिवाना असूल गर्न मोरङ प्रहरीले सफल भएको छ । गत आर्थिक बर्षको तुलनामा हेर्ने हो भने यो पक्राउ संख्या ३८ दशमलव ३९५ ले बृद्धि भएको छ ।

यस्तै स्वीप अपरेशनमा चोरी, तस्करी, गुण्डागर्दी नियन्त्रणका लागि बिशेष अभियानको रुपमा सञ्चालन गरिएको २४ घण्टे स्वीप अपरेशन अन्तरगत ३२ सय ८८ जनालाई स्क्रिनिङ गरिएको छ । यस्तै उनको कार्यकालमा घरेलु मदिरा नियन्त्रण , प्रतिबन्धित विप्लव समूह बिरुद्धको कारवाही , कथित मेची—कोशी व्यूरो संयोजक पक्राउ , अवैध हातहतियार तथा खरखजाना अन्तर्गत अटोम्याटिक पेस्तोल ५ थान, कटुवा पेस्तोल ५ थान, भरुवा बन्दुक ८ थान, म्यागजिन ६ थान, गोली २६ राउण्ड, निकोजेल जिलेटिन ४३ थान बारुद, छर्रा, वायर, क्याप बरामद गरिएको छ । उनले समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १५७ बिद्यालयमा कार्यक्रम गर्न पनि सफल भएका छन्। काम गर्दै जाँदा हरेक घटनामा सफलता प्राप्त हुन्छ नै भन्ने छैन यस्तै केही प्रतिनिधी घटनापनि मोरङमा अधिकारीको कार्यकालमा जोडिएका छन् ।

एक अग्रज पत्रकारको विराटनगरमा आगलागीमा परी मृत्यु भएको रहस्यमय प्रकरणको गुत्थी सुल्झाउन नसकेपनि उनको नेतृत्वको मोरङ प्रहरीले पीडित पक्षको चित्त बुझाउन सफल भएको छ । यस्तै विराटनगरका लेखापरीक्षक प्रबल घिमिरेको रहस्यमय बनेको मृत्युप्रकरण एसपी अधिकारीले जादाजादै सुल्झाउने प्रयास गरेका छन् । मोरङ प्रहरीले घिमिरेको मृत्यु हत्या नभई भवितब्य भएको घटना घटेको ५ महिनापछि निष्कर्ष निकालेको छ ।

Advertisement

प्रहरीको काम नै हो शान्ति सुरक्षा कायम गर्नु मोरङमा रहदा एसपी अधिकारी त्यसमै दत्तचित्त भएर लागे । प्रहरी सेवा अवधिभर उनी लागिरहने छन । त्यही भएर नै हो मोरङवासीले अहिले भनिरहेका छन अब आउने एसपी सन्तोष खड्का पनि यस्तै रहनुपर्दछ । आज एसपी अधिकारी शान्त र सुरक्षित महसुस गर्न सकिने मोरङ छोडेर जादैछन र अब आउने एसपीबाट पनि मोरङवासीले यस्तै अपेक्षा गरेका छन् । आगामी कार्यकाल एसपी अधिकारीको सफल र परिणाममुखी रहोस् । हाम्रो शुभकामना ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top