कर्णाली प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मी कोरोना संक्रमित

७ असार ७७, सोमबार

८ असार, सुर्खेत ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

उनीहरूमा सोमबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए। प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो।

पिसीआर परीक्षणका क्रममा तीमध्ये पाँच जनामा कोरोना पुष्टि भएको डाक्टर खड्काले जानकारी दिए। कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालकै आईसोलेशन वार्डमा राखिएको उनले जानकारी दिए।

Advertisement

प्रदेश अस्पतालमा कार्यरत एक विशेषज्ञका अनुसार पोजेटिभ देखिएकाहरुमध्ये ४ जना प्रयोगशालामा कार्यरत हुन्। एक जना भने एक्सरे कक्षमा कार्यरत हुन्। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भए पनि अस्पतालको सेवा भने नियमित रूपमा जारी रहेको निर्देशक खडकाले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top